मुख्य समाचार

कांग्रेसकाे केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । पुरा पढौ

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

काठमाडौं, १८ असोज । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आइतबार तोलामा २ सयले बढेको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ । पुरा पढौ

जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द

लहान, १८ असोज । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोरोना सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिए। गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा… पुरा पढौ

बुटवलका १२ क्षेत्रमा असोज २१ सम्म हिंडडुल गर्न निषेध

बुटवल, १८ असोज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न १२ क्षेत्रमा हिंडडुल गर्न निषेध गरेको छ । आज देखि असोज २१ गते बेलुका ६ वजेसम्मका लागि बुटवल नगरपालिकाका विभिन्न १२ क्षेत्रमा ५ भन्दा बढीको समूहमा जम्मा भएर हिंडडुल गर्न प्रशासनले निषेध गरेको हो । प्रदेश नं ५ सरकारबाट प्रदेशको नामाकरण र स्थायी राजधानीको नाम प्रदेश सभामा पेश भएको विषयमा असहमति जनाउँदै विरोध प्रदर्शन, तोडफोड, सडकमा टायर बाल्ने लगायतका गतिविधि देखिन थालेपछि प्रशासनले ति क्षेत्रलाई निषेधित क्षेत्र तोकेको जनाएको छ… पुरा पढौ

भैँसे-भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव

वाग्मती, १८ असोज। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्रथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए । उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोहीअनुरुप सडकको विस्तार थालिसकिएको उनले बताए । सुरुङमार्ग निर्माणको काम तत्काल शुरु गरिने जानकारी दिए। सुरुङमार्ग निर्माणका लागि… पुरा पढौ

एक दशकपछि बझाङमा जहाज सञ्चालन हुने अपेक्षा

बझाङ, १८ असोज । बझाङमा करिब एक दशकपछि पुनः हवाईयातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो । विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा परीक्षण उडानका क्रममा शनिबार समिट यएरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायत जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले विमानस्थलको निरीक्षण गरेका हुन । विमानस्थल परीक्षणकै क्रममा रहेको दिपायल विमानस्थलमा निरीक्षण… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणालीमार्फत

खोटाङ, १८ असोज । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ देखि अनिवार्य रुपमा बैङ्कमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक… पुरा पढौ

गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसवुक मार्फत नेता थापाले आफूलाई कोरोना लागेको जानकारी दिएका हुन् । थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहको र अहिले घरमै आइसोलेसन बसिरहेको थापाले बताएका छन् । पुरा पढौ

प्रधानमन्त्री ओलीका ३ सल्लाहकार र एक स्वकिय सचिवलाई कोरोना

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सुर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा रिमाल, भट्टराई र थापा तीनै जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । रिमाल प्रधानमन्त्रीका सल्लाहकार हुन् भने भट्टराई विदेश मामिला सल्लाहकार थापा प्रेस सल्लाहकार हुन् । यसैगरी प्रधानमन्त्रीको सचिवालयमा कार्यरत अर्का एक जनालाई पनि कोरोना पुष्टि भएको छ । बालुवाटार श्रोतले दिएको जानकारी अनुसार प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । पुरा पढौ

२१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ निको

काठमाडौं, १७ असोज । नेपालमा गएको २४ घण्टामा २ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर योसहित कुल संक्रमितको संख्या २१ हजार ३ सय २ पुगेको जनाए । सो अवधिमा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण भएको हो । यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ६२ हजार ७ सय… पुरा पढौ