मुख्य समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते

काठमाडौँ, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने पक्का भएको । यसअघि कोभिड १९ को कारण तीन पटकसम्म हुन नसकेको साधारणसभा मंसिरमा गर्नका लागि महासंघले नेपाल सरकारबाट अनुमति लिएको बताएकाे छ । महासंघको बिहिबार बैठक बसेकाे थियाे । बैठकले ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति मंसिर ११ र १२ गते काठमाडौंँमा गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका थिए । उनका अनुसार महासंघको साधारणसभा… पुरा पढौ

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौँ, १६ असोज । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएकाे छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए । उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको… पुरा पढौ

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको भने यथावत

काठमाडौं, १६ असोज । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको हो । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार १ अक्टोबरमा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार डिजेल, मट्टितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने… पुरा पढौ

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख

सिन्धुपाल्चोक, १६ असोज । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन । बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएका हुन । स्मृति उद्यानका संरक्षकसमेत रहेका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए। विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको… पुरा पढौ

दशैँका साइत सार्वजनिक, कात्तिक १० गते बिहान १०ः१९ मा टीकाको उत्तम साइत

काठमाडौँ, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले… पुरा पढौ

मन्दिरमा गजुर राखेपछि रानीपोखरी क्षेत्र मनमोहक देखियो

काठमाडौं, १६ असोज । ऐतिहासिक रानीपोखरीमा गजुर राखिएको छ । मन्दिरमा गजुर राखेपछि रानीपोखरी क्षेत्र मनमोहक देखिएको छ । रानीपोखरीको बीच भागमा निर्माणाधीन अवस्थामा रहेको बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो । मुख्य गजुरको तौल १२३ किलोग्राम रहेको छ । गजुर तामाको बनाईएको हो । गजुरको बाहिरी आवरणमा सुनले लेपन गरिएको छ । भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले लगभग निर्माण सम्पन्न भएको अवस्थामा आएको छ । यही दशैँअघि नै उद्घाटन गर्ने योजना… पुरा पढौ

कोइराला अन्तत: राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने पक्का

काठमाडाैं, १५ असाेज । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइराला अन्तत: राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने भएका छन् । बैंक सञ्चालक समितिको बैठकको अध्यक्षता गरेका सञ्चालक धनीराम शर्मा समक्ष कोइरालाले सपथ लिएका हुन् । योसँगै उनी अध्यक्ष बन्ने अब लगभग पक्का भएको छ । उनलाई एक महिना अघि नै सरकारले बैंकको सञ्चालक नियुक्त गर्ने निर्णय गरेपनि चर्को आलोचना भए पछि कार्यान्वयन हुन सकेको थिएन । पुरा पढौ

पोखरामा डेढ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने

पोखरा, १५ असोज । पर्यटनको राजधानी पोखरा पछिल्लो समय खेलकुद सहरको रुपमा समेत विकसित हुँदै गएको छ । खेलकुद–पर्यटन दुवैमा प्रशस्त सम्भावना बोकेको पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको तयारी थालिएको छ । गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा प्रदेश राजधानी पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको हो । पोखरा महानगरपालिका वडा ३३, भरतपोखरीको पशुपतिघाटमा बन्ने पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण (डीपीआर) समेत तयार भैसकेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका… पुरा पढौ

नेप्से परिसूचक २०.६१ अंकले बढ्यो, २ अर्ब ८० करोड बढीको कारोबार

काठमाडौं, १५ असोज । साताको अन्तिम दिन नेप्से परिसूचक २०.६१ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २०.६१ अंकले बढेर १ हजार ५७१ दशमलव ४ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब ८० करोड ७७ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ

असोज २१ देखि सानिमा जनरल इन्स्योरेन्सको आइपीओ आउदै

काठमाडौं, १५ असोज । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ  विक्री खुला गर्ने जानकारी दिएको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा असोज २५… पुरा पढौ