मुख्य समाचार

कर्मचारी झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन : अध्यक्ष ओली

काठमाडौं, ६ भदौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई उनले एमाले पार्टीमा प्रवेश गराए। सो अवसरमा आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु पनि एमालेमा प्रवेश गरे। अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई… पुरा पढौ

ग्यास भण्डारको उत्पादकत्व निर्धारण गर्न ‘जिटुजी’मार्फत अनुरोध

काठमाडौं, ६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा भेटिएको प्राकृतिक ग्यासको भण्डारको उत्पादकत्व निर्धारण गर्न चीन सरकारको सहयोगका लागि ‘जिटुजी’ मार्फत अनुरोध गरिएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले भण्डारको उत्पादकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्म आवश्यक पर्ने भएकाले सो कार्य पनि चीन सरकारकै सहयोगमा सम्पन्न गर्न सो अनुरोध पठाइएको जानकारी दिए। विसं २०८१ माघमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चार हजार १३ मिटर ड्रिलिङ सम्पन्न गरिएको थियो ।… पुरा पढौ

रु ३२ करोड १७ लाखकाे अलैँची निर्यात

भद्रपुर (झापा), ६ भदौ। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो । गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। अघिल्लो आव २०८१÷८२ मा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले… पुरा पढौ

अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइदै : मन्त्री गुरुङ

गण्डकी, ६ भदौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले ल्याउन लागेको उक्त विधेयकका सम्बन्धमा भ्रम छर्न खोजिएको बताए। मन्त्री गुरुङले भने, “यो विधेयक नियन्त्रण गर्न नभई नियमनका लागि ल्याउन लागिएको हो । यो सरकार लोकतान्त्रिक सरकारको हो । यसलाई लोकतान्त्रिक मूल्य मान्यतालाई कुण्ठित गर्ने गरी काम गर्ने छुट छैन… पुरा पढौ

मेची भन्सारद्वारा एक अर्ब २६ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ६ भदौ। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइका अनुसार गत आवको साउनमा रु एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । “मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र… पुरा पढौ

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

काठमाडौं, ६ भदाै । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले बुक क्लाेजकाे मिति तय गरेका छन् । दुबैले लाभांस वितरणकाे प्रयोजनका लागि बुकक्लोजकाे मिति तय गरेका हुन्। दुई फण्डहरुकाे यही भदौ १५ गते बुकक्लोज हुनेछ । यसमा भदौ १२ गतेसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले मात्रै दुबै फण्डहरुकाे वितरण गरिने लाभांस पाउन याेग्य हुनेछन् । प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत तथा प्रभु स्मार्ट फण्डले १० प्रतिशतकेा दरले… पुरा पढौ

एकै महिनामा हेटौँडाले उठायो ३ करोड ५० लाख राजस्व

बागमती, ६ भदौ। हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु ४५ लाख ९९ हजार, घरबहाल कर रु ६५ लाख २० हजार, बहाल बिटोरी कर रु १६ लाख ४५ हजार, व्यवसाय कर रु ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत रु दुई लाख ३१ हजार सङ्कलन… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५९ पैसा… पुरा पढौ

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा वर्षाकाे सम्भावना

काठमाडौं, ६ भदौ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली… पुरा पढौ

ऊर्जामन्त्री खड्काद्वारा ढल्केबर सवस्टेशनको निरीक्षण

काठमाडौं, ६ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् । धनुषा पुगेका मन्त्री खड्काले देशकै सबैभन्दा ठूलो अन्तरदेशीय प्रसारण लाइनको स्थलगत निरीक्षण गरे। निरीक्षणका क्रममा उनले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिए। ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए। उनले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताए। उनले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई… पुरा पढौ