मुख्य समाचार

चितवनमा आज ६ घन्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं, ११ साउन । विद्युतकाे माग बढेपछि चितवनमा ६ घन्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकाे छ । पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हाे । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार एक सूचना जारी गरेर गर्मीमा विद्युत्काे माग बढेको जनाउँदै ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरेको हो ।  चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बिहान तीन घण्टा र दिउँसोबाट साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएका छन्… पुरा पढौ

पिपुल्स पावरको हकप्रदमा साउन २६ सम्म आवेदन दिन पाईने

काठमाडौं, ११ साउन । पिपुल्स पावरले असार २२ गतेदेखि निष्काशन गरेकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । अब कम्पनीको ५० प्रतिशत हकप्रद शेयरका लागि साउन २६ गतेसम्म आवेदन दिन पाईनेछ। कम्पनीले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ५ कित्ता रेसियाेमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे ३१ लाख ६३ हजार कित्ता निष्काशन गरेकाे हाे । हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि असार २ गते बुकक्लोज गरिएकाे थियो। यसका लागि असार १ गतेसम्म नेप्सेमा… पुरा पढौ

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ११ साउन । तेह्रथुम पावर कम्पनीले असार १६ गतेदेखि निष्काशन खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे । यसका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। हकप्रदमा जेठ ४ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। शेयरधनीहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड,… पुरा पढौ

‘भण्डारीको सकृय राजनीतिमा पुनरागमन एमालेलाई अस्वीकार्य’

भक्तपुर, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् । आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए। एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए। केन्द्रीय कमिटी बैठकमा… पुरा पढौ

नेपालका लागि एआई समानता, रूपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, १० साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गरेका छन् । चीनको साङ्घाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई आज त्यहाँ सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरे। सञ्चारमन्त्री गुरुङले भने, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तरराष्ट्रिय सहयोगको अपेक्षा छ ।” सम्मेलनअन्तर्गत विश्वव्यापी एआई… पुरा पढौ

सौर्य ऊर्जा र ऊर्जा दक्ष घर निर्माणमा प्राथमिकता दिन सरोकारवालाको आग्रह

नारायणगढ, १० साउन । बढ्दो सहरीकरण र घाम बढी पर्ने क्षेत्रको अवस्थालाई ध्यानमा राखेर सौर्य ऊर्जा प्रयोग र ऊर्जा दक्ष घर निर्माणलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने भएकाले यसले हरितगृह ग्यास उत्सर्जन घटाउन र वातावरणमैत्री दिगो विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । युरोपियन युनियनअन्तर्गत सञ्चालनमा रहेको स्विच एसिया कार्यक्रममा बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिइएन)द्वारा भरतपुर महानगरपालिकाका प्राविधिक तथा यस क्षेत्रका इञ्जिनियरहरूको लागि आयोजना गरिएको अभिमुखीकरण तथा तालिम… पुरा पढौ

गत आवमा आयोगद्वारा २९ हजार ७ सय ३ उजुरी फछर्यौट

काठमाडौं, १० साउन। अख्तियार दुरुपोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा आयोगको समग्र काम कारवाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्यहरु र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। आव २०८१÷८२ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरी गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३७ हजार २६ रहेको छ । प्राप्त हुन… पुरा पढौ

तल्लो सोलु जलविद्युतको उत्पादन राष्ट्रिय प्रसारणमा जोडियो

सोलुखुम्बु, १० साउन। हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर… पुरा पढौ

यस्ताे छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा… पुरा पढौ

चार प्रदेशमा हल्का वर्षा, तराई-मधेशमा हावाहुरी चल्ने

काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी… पुरा पढौ