वीरगञ्ज (पर्सा), ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताएकाको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताए। “आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय भवन, सडक, पुल लगायतका संरचना निर्माण द्रूत गतिमा भइरहेका छन्”, उनले भने, “पछिल्लो समय मुलुक विद्युतीकरण, सञ्चार, कृषि पूर्वाधारका निम्ति तयार पारिएका सिँचाइ आयोजनाका पनि धेरै खालका पूर्वाधार…
पुरा पढौ