मुख्य समाचार

अन्तरदेशीय प्रसारण लाइन निर्माण कम्पनी स्थापनाका लागि सम्झौताको मस्यौदा तयार हुँदै

काठमाडौं, २ वैशाख । नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि दुवै देश सम्मिलित कम्पनी स्थापना गर्न सम्झौतापत्रको मस्यौदा तयार गर्न लागिएको छ । गत माघ ९ गते नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले चार सय केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै दुवै देशको छलफलमा सम्झौतापत्रको मस्यौदा तयार गर्न लागिएको हो । दुई देशका सचिवस्तरीय बैठकपश्चात् संयुक्त उपक्रम सम्झौता (ज्वाइन्ट भेन्चर अग्रिमेन्ट) को मस्यौदा अन्तिम चरणमा पुगेको हो ।… पुरा पढौ

रविसंग सम्बन्धीत कागजात स्क्यानिङ गरी अपलोड गर्न सर्वोच्चकाे आदेश

काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उक्त मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागताज स्क्यानिङ गरी अपलोड गर्न जिल्ला अदालत रुपन्देहीका नाममा आदेश गरेको हो । आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजात स्क्यानिङ गरी सो को विद्युतीय फाइलसमेत निर्माण गरी यो आदेश प्राप्त भएको मितिले १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य रुपमा अपलोड गर्नु… पुरा पढौ

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोकेका छन् । उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो । पुरा पढौ

नेप्से २७.१४ अंकले बढ्यो, साढे ८ अर्बको कारोबार

काठमाडौं, २ वैशाख । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्सेको उकालोको यात्रालेृ लगानीकर्ताहरुलाई उत्साही नाएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको भन्दा बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९ विन्दुमा रहेको छ । नेप्सेमा १.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.०७ अंकले बढेर ४५०.५२ विन्दुमा रहेको छ । यसदिन कुल ३२० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुकोे २ करोड १८ लाख… पुरा पढौ

जिडिपीको पाँच, प्रदेश र स्थानीय तहलाई १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

काठमाडौं, २ वैशाख । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा सङ्घ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत कुल राजस्वको १२ प्रतिशतभन्दा बढी नहुनेगरी ऋण उठाउन पाउने व्यवस्था भएको छ । “देशको समष्टिगत आर्थिक स्थिति, राजस्व तथा खर्चको अनुमान र बजार सहजताको विश्लेषण गरी… पुरा पढौ

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद खान

काठमाडौं, २ वैशाख । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टीले समानुपातिकतर्फ मुस्लिम महिलाको कोटाबाट प्रतिनिधिसभाको सांसद बनाएको छ । सो पार्टीबाट मुस्लिम महिलातर्फ निर्वाचित मञ्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार खानलाई पार्टीले सांसद बनाएको थियो । पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीसमेत बनिसकेकी सांसद खानसँग… पुरा पढौ

मातृभूमि लघुवित्तकाे एजिएम आज, एफपीओ निष्काशनकाे प्रस्ताव पारित गर्दै

काठमाडौं, २ वैशाख । मातृभूमि लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा आज बसेकाे छ । सभामा लाभांशसम्बन्धी प्रस्ताव छैन । साधारण सभा, अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स बुढानिलकण्ठ काठमाडौंमा बाेलाइएकाे हाे । सभाका लागि एफपीओ निष्काशनकाे विशेष प्रस्ताव रहेकाे छ । सभाले अन्य उपयुक्त लागेका बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनकाे काम गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाइ दिनेछ । साथै प्रबन्धपत्र एवं नियमावली संशोधनका प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरूमा छलफल गरिदैछ… पुरा पढौ

सुनमा रू १७ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, २ वैशाख । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ । आइतबार सुनकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियाे । फेरि सुनको भाउ आज ओरालोकाे यात्रामा गएकाे छ । गएकाे आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा रू १५ घटेर ताेलाकाे रू… पुरा पढौ

पियोर इनर्जीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ वैशाख। पियोर इनर्जी लिमिटेडकाे शेयर (आईपीओ) मा आवेदन दिने आज बैशाख २ गते अन्तिम दिन बाँकी रहेकाे छ। कमपनीले चैत्र २८ गते आजदेखि शेयर निष्काशन गरेकाे थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँड गरेपछि सर्वसाधारणका शेयर बिक्रीमा ल्याएकाे हाे । यसमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा रुपैयाँ ११ करोड ९५ लाख २० हजार बराबरको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणका लागि बिक्री गरिने भएकाे छ । कम्पनीले १ करोड… पुरा पढौ

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

काठमाडौं, २ वैशाख । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी… पुरा पढौ