मुख्य समाचार

देश स्थायित्व, विकास र सुशासनको बाटोमा छ, राजतन्त्र ब्युँतने भ्रमबाट मुक्त होऔं : प्रधानमन्त्री ओली

झापा, ३० चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएका’ टिप्पणी गरे । “देश अब कानुनअनुसार अगाडि बढ्छ… पुरा पढौ

समग्र बैंकिङ क्षेत्र हाक्ने प्रथम महिला

काठमाडाैं। नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाकाे नियामक निकाय नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नर भएर डा. निलम ढुंगाना तिम्सिनाले इतिहास रचेकी छिन् । यतिबेला उनी देशकै समग्र बैंकिङ क्षेत्र हाक्ने प्रथम महिलाका रूपमा चर्चित छिन् । हालसम्म नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नर बनेर त्यो तहमा कोहि पनि पुगेका छैनन् । महाप्रसाद अधिकारी गभर्नरको कार्यकाल पूरा गरेर बाहिरिएपछि सरकारले उनलाई कामू गभर्नरका रुपमा काम गर्न नेतृत्व सुम्पेको हो । पछिल्लो दशक मुलुकमा थुप्रै आर्थिक सामाजिक परिवर्तनहरु भए । राष्ट्रपतिका रुपमा… पुरा पढौ

सङ्घीय व्यवस्था मितव्ययी बनाउन संविधान संशोधन जरूरी छ: सांसद आचार्य

काठमाडौं, ३० चैत । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा पनि यसका राम्रा पक्ष सबैले अनभूत गरिरहेको बताउनुभएको छ । उहाँले आमनागरिकमा राज्यको पहुँच पुगेको भएपनि यो व्यवस्था केही खर्चिलो पनि छ, यसलाई कसरी व्यवस्थित गर्ने र खर्च घटाउने भन्ने विषय जिम्मेवार राजनीतिक दल र नेताहरूले सोच्ने अवस्था आइसकेको बताउनुभयो । राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता अशोक घिमिरेलाई दिनुभएको अन्तर्वार्तामा सांसद आचार्यले भन्नुभयो, “सङ्घीयताको कार्यान्वयनका यही विषयवस्तुलाई ध्यान दिएर संविधान संशोधन गर्नेगरी अहिले… पुरा पढौ

धान लगाउने खेतमा माछापालन गर्दै किसान

त्रिवेणी (नवलपरासी), ३० चैत । वन्यजन्तुले बालीनालीमा क्षति पु¥याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् । कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको बताए। धान लगायतका अन्य बाली राम्रो हुने भए पनि भित्र्याउने समयसम्म मध्यवर्ती वनबाट आउने वन्यजन्तुले सबै क्षति पु¥याउन थालेपछि टोलका सबैले सल्लाह गरी पोखरी खनेर… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा… पुरा पढौ

फेवा महोत्सव आजदेखि, पर्यटकलाई २० प्रतिशत छुट

लेखनाथ (कास्की), ३० चैत । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए। महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए। बाजा,… पुरा पढौ

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, ३० चैत । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी… पुरा पढौ

वर्ष २०८१-बिबी माइनस रेटिङ र एफएटिएफको ग्रे लिस्टसम्म

काठमाडौं, २९ चैत । कोभिड-१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामा मै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन । प्रमुख आर्थिक सूचकाङ्कहरूमा सामान्य सुधार देखिए पनि गुणात्मक रूपमा अर्थपूर्ण प्रगति हासिल हुन सकेको देखिँदैन । खासगरी बाह्य क्षेत्रका सूचक केही सन्तुलित देखिएकामा आन्तरिक आर्थिक संरचना, विशेषगरी सार्वजनिक वित्त व्यवस्थापनलगायत क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा छन् । आन्तरिक मागको स्थायी सङ्कुचनले समग्र… पुरा पढौ

समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली

रुपन्देही, २९ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन्। पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले एमालेलाई विभाजनको कोसिस गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गरे। अध्यक्ष ओलीले भने, “एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा… पुरा पढौ

संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ : मन्त्री गुरुङ

लुम्बिनी, २९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले सोही अनुसार काम भइरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले आज भैरहवास्थित गौतमबुद्व अन्तरराष्ट्रिय बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै आम जनताको अपनत्व हुनेगरी संविधान संशोधन प्रक्रिया अघि बढेको र सुशासन कायम गर्नेगरी काम भइरहेको बताए। उनले सत्ताघटक दुई ठूलन पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी… पुरा पढौ