मुख्य समाचार

निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गरे। उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गरे। “सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ ।… पुरा पढौ

सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनुपर्छ: महासंघ अध्यक्ष ढकाल

काठमाडाैं, २८ चैत। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनुपर्ने बताएका छन। नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले यस्तो बिचार राखेका हुन् ।   ढकालले अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनु पर्नेमा जोड दिएका थिए । उनले भने, ‘अर्थतन्त्रलाई कुनै पनि वादले विथोल्नु हुँदैन् । यसलाई  सबैभन्दा माथि राख्नुपर्छ  ।… पुरा पढौ

शैक्षिक परामर्श कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ-मन्त्री भण्डारी

काठमाडौं, २८ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी तथा संस्थालाई साना व्यवसाय तथा ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घले आज आयोजना गरेको ‘शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यताः सरकारको भूमिका’ विषयक कार्यक्रममा उनले शैक्षिक परामर्श सेवा प्रदायकले समेत नवीनतम् सोच प्रयोग गरी व्यवसाय सञ्चालन गरेकाले स्टार्टअप उद्यम हुनसक्ने बताए। मन्त्री भण्डारीले शिक्षा क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि ठूलो लगानी… पुरा पढौ

सुनमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ८१ हजार १ सय

काठमाडौं, २८ चैत्र । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले ऐतिहासिक रकेर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ हजार ७ सयले बढेको जनाएकाे छ । चाँदीमा रुपैयाँ ६५ ले बृद्धि भएको छ । यसदिन छापावाल सुनमा एकैदिन रुपैयाँ ५ हजार ७ सयले बढेर तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

एनआईसी एशिया डिबेञ्चरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २८ चैत्र । एनआईसी एशिया बैंककाे चैत २५ गतेदेखि निष्काशन गरिएकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। बैंकले १० वर्ष अवधिकाे ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गरेको हाे । यसकाे वार्षिक ब्याजदर ७ प्रतिशत रहेकाे छ। बैंकले रूपैयाँ १ हजार दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत बाँडफाँड हुनेछ । बाँकी रहेकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा… पुरा पढौ

बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न

काठमाडौं, २८ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । बुधबार बसेको मन्त्रिस्तरीय बैठकले उक्त वक्तव्य अनुमोदन गरेको थियो । बैठकमा भारत र भूटानका मन्त्रीको भौतिक उपस्थिति थियो भने बङ्गलादेश, म्यान्मार र श्रीलङ्काका मन्त्रीहरू ‘भर्चुअल’ माध्यमबाट सहभागी भए। बैठकमा क्षेत्रीय कृषि… पुरा पढौ

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा

काठमाडौं, २८ चैत । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताए। वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा… पुरा पढौ

भारत र नेपालबीच कृषि क्षेत्रकाे सहयोगबारे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २८ चैत । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएका छन् । काठमाडौँमा आयोजित बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उनी यही मङ्गलबार यहाँ आएका हुन्। भ्रमणका क्रममा भारतीय मन्त्री चौहानले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय बैठक गरे। उनले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकामा आफ्ना समकक्षीलाई बधाई दिए ।… पुरा पढौ

फागुन मसान्तसम्म मुद्रास्फीति ३.७५ प्रतिशत-राष्ट्र बैंक

काठमाडौं, २७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र देखिएको हो । प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू… पुरा पढौ