मुख्य समाचार

अर्थमन्त्री वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच भेटवार्ता

काठमाडौं, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ । कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जियायीलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा… पुरा पढौ

यी तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, १२ असोज । आज तीन कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ । ति कम्पनीहरूमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्। उनिहरूले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि भाेलि असोज १३ गते बुकक्लोज गर्ने बताएका छन्। यसअनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूको आगामी वार्षिक साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीअनुसार लाभांश… पुरा पढौ

दार्चुलाको किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला, १२ असोज। जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा स्याउखेती गरेका छन् । कलमी, गाला, इटालीयन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानी समस्याका कारण बिक्रीवितरण हुन नसकेको हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिँह धामीले गुनासो गर्नुभयो । उहाँले व्यावसायिक स्याउखेती गरेका छन् । ५०० भन्दा बढी बोटमा १५/२० क्विन्टल स्याउ फले तर ढुवानीको समस्या र बजार अभावका कारण समस्या… पुरा पढौ

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), १२ असोज। मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ््कलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ । कार्यालयका अनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार… पुरा पढौ

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

लमजुङ, १२ असोज। बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लाग्नुभएको हो । तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिनुभएको थियो । उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताउनुभयो । सुरुमा करिब एक रोपनीमा… पुरा पढौ

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, १२ असोज। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो । विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, १२ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्नुहुने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १२ असोज नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४१ पैसा कायम… पुरा पढौ

टिभिएसको हाइपर-स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ

काठमाडौं, ११ असाेज। टिभिएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ १५० सीसी हाइपर-स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ (NTORQ 150) आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको सहकार्यमा यो नयाँ स्कुटर भित्र्याइएको हो। दमदार इन्जिन र उत्कृष्ट पर्फर्मेन्स एनटर्क १५० मा १४९.७ सीसीको शक्तिशाली इन्जिन जडान गरिएको छ। यस इन्जिनले १३.२ पीएस (PS) पावर र १४.२ एनएम (Nm) टर्क उत्पादन गर्दछ। कम्पनीका अनुसार यो स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको गति लिन सक्छ भने… पुरा पढौ

पारामाउन्ट मोटर्सको चाडपर्व अफर: एमजीका गाडी खरिदमा रू ३ लाखसम्म बचत

काठमाडौं, ११ असाेज। एमजी मोटर नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष छुट तथा सुविधा योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ (Drive More, Celebrate More) नाम दिएर यो अफर बजारमा ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडलका गाडी खरिद गर्दा ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। असोज ६ गतेदेखि सुरु भएको यो योजना छठ पर्वसम्म लागू हुनेछ। अफर अवधिभर एमजीका गाडी खरिद गर्ने ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क १… पुरा पढौ