मुख्य समाचार

बाढीपहिरोले १ हजार २९२ मेगावाट जलविद्युत् प्रभावित, प्राधिकरणद्वारा मर्मत र आपूर्ति व्यवस्थापन तीव्र

काठमाडाैं, १२ असाेज । अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण संरचनामा व्यापक क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण कुल १ हजार २९२ मेगावाट क्षमताका विद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएका छन्। प्राधिकरणले क्षति पुगेका संरचनाको द्रुत मर्मतसम्भार गर्दै विद्युत् आपूर्तिलाई सन्तुलित र नियमित बनाउन प्राविधिक टोलीहरू परिचालन गरिसकेको छ। प्रसारण लाइनमा क्षति हुँदा १९० मेगावाट प्रणालीबाट बाहिर बाढीले कुश्मा–दाना २२० केभी प्रसारण लाइनका टावर नम्बर २१… पुरा पढौ

नेप्से १६.४७ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार

काठमाडाैं, १२ असाेज । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। गत साता पनि ओरालो लागेर बन्द भएको नेप्से यो साताको पहिलो दिन १६.४७ अंकले घटेको हो। आजको कारोबारपछि नेप्से परिसूचक २६१३.३३ विन्दुमा झरेको छ। ठूला तथा बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३४ अंकले घटेर ४६७.६७ विन्दुमा पुगेको छ। बजारको अवस्था र उपसूचक आज कारोबारमा आएका १३ वटा उपसूचकमध्ये १२ वटा समूहको सेयर मूल्य घटेको छ भने मात्र… पुरा पढौ

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ, १२ असोज। मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि शनिबार रातिदेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो । वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए विद्युत् प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले… पुरा पढौ

सूर्योदय वोमी लघुवित्तद्वारा ५६ हजार बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडाैं, १२ असाेज । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। संस्थाले सो शेयर बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। कम्पनीका अनुसार संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याइएको हो। यसअघि, नियमअनुसार उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै सूचना जारी गरिएको थियो। तर, तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट कुनै आवेदन नपरेपछि अहिले सर्वसाधारण व्यक्ति, कम्पनी वा संस्थाहरूले समेत खरिद गर्न पाउने… पुरा पढौ

सांसदद्वारा बाढीले क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

काठमाडौं, १२ असोज। प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पु¥याएकाले तत्काल मर्मत गरी सडक यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बाढीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सडक र पुल सञ्चालनमा ल्याउन माग गर्नुभयो । सांसद पद्यकुमारी अर्यालले गत भदौको रसुवा बाढीको असर कम नहँुदै फेरि पछिल्लो वर्षासँगैको बाढी र पहिरोबाट जोखिम तथा क्षति व्यहोर्नु परेको जनाउँदै प्रभावित… पुरा पढौ

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन महासंघको माग

काठमाडाैं, १२ असाेज । चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण उद्योग–व्यवसायको उत्पादन लागत अत्यधिक बढेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उक्त व्यवस्था तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा समग्र व्यावसायिक प्रतिस्पर्धात्मकता, उत्पादन लागत, सञ्चालन खर्च र नगद प्रवाहमा प्रत्यक्ष नकारात्मक असर परेको जनाएको छ। साना उद्योगदेखि पर्यटन क्षेत्रसम्म मारमा विद्युत्मा… पुरा पढौ

इसेवाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज शर्माले आजदेखि कार्यभार सम्हाले

काठमाडाैं, १२ असाेज । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  निरज शर्मा नियुक्त भएका छन। आगामी ४ वर्षका लागि नियुक्त भएका शर्माले आजैदेखि कार्यभार सम्हालेका छन। गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।। बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी मानिन्छन्… पुरा पढौ

केन्द्रीय बैंकद्वारा ३० अर्ब निक्षेप संकलनकाे बोलकबोल

काठमाडाैं, १२ असाेज । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न १ महिने निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार सो १ महिने (३० दिने) निक्षेप संकलन उपकरणको बोलकबोल असोज १२ गते दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको Online Bidding System Software (OBSS) मार्फत मात्र हुनेछ। सोही दिन (असोज १२ गते) उपकरण निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक ११ गते हुनेछ। यस्ताे छ निक्षेप… पुरा पढौ

मितेरी डेभलपमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

काठमाडाैं, १२ असाेज । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांशको विवरण: बोनस शेयर: ५ प्रतिशत नगद लाभांश (करसहित): ६ प्रतिशत सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ। पुरा पढौ

अर्थमन्त्री वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच भेटवार्ता

काठमाडौं, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ । कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जियायीलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा… पुरा पढौ