मुख्य समाचार

सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको प्रतिकार्यको जटिल र साहसिक अध्याय

काठमाडौं, ११ असोज। नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ । भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने… पुरा पढौ

सातै प्रदेशमा बदलि, हल्का देखि मध्यम वर्षा

काठमाडाैं, ११ असाेज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र (Well-Marked Low Pressure Area) को समेत प्रभाव रहेको छ। हाल मौसमको अवस्था: हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेश प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।… पुरा पढौ

नेशनल मेडिकल कलेजले किन फिर्ता बाेलायाे आवासीय चिकित्सक ?

वीरगञ्ज, १० असाेज । वीरगञ्जकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय चिकित्सकलाइ फिर्ता बाेलाएकाे छ । स्नातकोत्तर आवासीय चिकित्सकसँग उत्पन्न विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति कायम हुन नसकेपछि प्रथम वर्षका आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय समक्ष अनुरोध गरेको हाे । शुक्रबार विज्ञप्ति जारी गर्दै कलेजले विगत केही दिनदेखि आन्दोलनमा रहेका प्रथम वर्षका आवासीय चिकित्सकका गतिविधिका कारण कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको दाबी गरेको छ । शैक्षिक अनुशासन, संस्थागत विश्वास… पुरा पढौ

विश्व फार्मासिस्ट दिवसमा अस्पताल फार्मेसीको भूमिका र विपद तयारीबारे अन्तरक्रिया

पोखरा, १० असोज । विश्व फार्मासिस्ट दिवसको अवसर पारेर पोखरामा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसर पारि नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी विभिन्न अस्पतालका फार्मेसी इन्चार्जहरूले बाढी–पहिरो लगायत विपद्का समयमा औषधि व्यवस्थापन, आकस्मिक औषधिको मौज्दात, जनशक्ति तथा तालिम, आपूर्ति व्यवस्थापन र अस्पताल फार्मेसीका चुनौती तथा अनुभवहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यक्रमका… पुरा पढौ

निर्माणाधीन ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनाका लागि ९ अर्ब ऋण जुट्यो

काठमाडाैं, १० असाेज । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा सांग्रिला ऊर्जा लिमिटेडद्वारा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानीको टुंगो लागेको छ। माछापुच्छ्रे बैंकको अगुवाइमा प्रभु बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसहितको कन्सोर्टियमसँग वित्तीय व्यवस्थापन (सहवित्तीयकरण ऋण) सम्झौता सम्पन्न भएको हो। आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ, जसमा ९ अर्ब ऋण र बाँकी ३ अर्ब रुपैयाँ प्रवर्द्धक तथा संस्थापक समूहको इक्विटी (स्वपुँजी)… पुरा पढौ

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं, १० असोज। पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूलमा वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा… पुरा पढौ

साताकाे नेप्से : परिसूचक साढे १७ अंकले घट्यो, दैनिक औसत कारोबार रकम बढ्यो

काठमाडाैं, १० असाेज । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। गत साता २६४७.२२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता ०.६६ प्रतिशत (१७.४१ अंक) ले घटेर २६२९.८१ विन्दुमा सीमित भएको छ। यस साता कुल ३ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये २ दिन बजार बढेर बन्द भएको थियो भने १ दिनको गिरावटले समग्र साताको सूचकलाई नकारात्मक बनाएको हो। प्रमुख सूचक तथा कारोबार विवरण नेप्से परिसूचक घटे पनि यस साता कारोबार रकम र कारोबार… पुरा पढौ

सातामा सुनकाे काराेबार-प्रतितोला साढे ४ हजारले घट्यो

काठमाडाैं, १० असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असोज ३ गते शनिबारको तुलनामा असोज ९ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो। असोज ३ गते प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन असोज ९ गते आइपुग्दा २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको छ। साताभरको उतारचढावका बीच सुनको मूल्य ३ लाख… पुरा पढौ

खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा भने चुनौती

काठमाडौं, असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका… पुरा पढौ

खुम्बु क्षेत्रमा हिमपात, सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु, १० असोज। सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उहाँले भन्नुभयो ,“माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ… पुरा पढौ