मुख्य समाचार

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २८ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा साढे १३ अर्ब मौज्दात

काठमाडौं, २७ भदौ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम… पुरा पढौ

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपमा स्थान सुरक्षित

काठमाडाैं, २७ भदाै। नेपाल एसीसी प्रिमियर कपको नयाँ च्याम्पियन बनेको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४५ रनले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो। यस जितसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान समेत सुरक्षित गरेको छ। नेपालले जितका लागि दिएको ३१४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएई निर्धारित ५० ओभरको खेलमा २६८ रनमा अलआउट हुन पुग्यो। यूएईका लागि राहुल चोप्राले ११५ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै शोयब खानले… पुरा पढौ

माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २७ भदाै। माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा शेयर प्रिमियम खाताबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मिति २०८३ भदौ २६ गते अपरान्ह ३:३० बजे बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पूँजीका आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशको विवरण: साधारण शेयरतर्फ: बोनस शेयर: ३.०० प्रतिशत (रकम रु. ३६,२५,८६,३४७/-) नगद लाभांश: ३.०० प्रतिशत - बोनस शेयर तथा नगद लाभांशको कर सहित (रकम रु. ३६,२५,८६,३४७/-) कुल लाभांश: ६.०० प्रतिशत अग्रधिकार शेयरतर्फ: नगद… पुरा पढौ

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

काठमाडौं, २७ भदौ। विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ । सो पुस्तकको उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा श्रीकृष्ण भट्टराईले ‘डिजिटल’ रूपमा लोकर्पण गर्नुभयो । पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ । त्यस्तै नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा प्रस्तुत छ ।… पुरा पढौ

नेपालले पाउनुपर्ने जलवायु न्याय (विचार)

काठमाडौं, २७ भदौ । जलवायु परिवर्तनको गम्भीर प्रभावका कारण नेपाल दोहोरो मारमा परेको दृष्टान्त त विश्वसामु छर्लङ्ग नै छ । एकातर्फ जलवायु परिवर्तनका कारकका रुपमा योगदान नै नरहेकोअर्थात् अति नगण्य रहेको भए पनि हामी बारम्बार जलवायुजन्य सङ्कटमा परिरहेका छौँ भने अर्कातर्फ हामी ती सङ्कटसँग जुध्नका लागि पनि आवश्यक स्रोतको अभाव झेलिरहेका छौँ । यो वास्तविकताको पछिल्लो उदाहरण नेपालले भोटेकोशीले निम्त्याएको पछिल्लो प्रलय पेस गर्दा पनि हुन्छ । किनभने हिमनदी बढेर होस् या हिमालमा बनेको हिमताल फुटेर आएको बाढीले अहिले रसुवा… पुरा पढौ

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी, २७ भदौ। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उहाँले भन्नुभयो, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।” नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ… पुरा पढौ

शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’

भोजपुर, २७ भदौ। भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो । अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।… पुरा पढौ

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

काठमाडौं, २७ भदौ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भने उपाधि विजेता… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २७ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम… पुरा पढौ