मुख्य समाचार

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलनः स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं, १३ असोज । जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक र दीर्घकालीन चुनौतीमध्ये एक हो । यो केवल वातावरणीय समस्या होइन; कृषि, खाद्य सुरक्षा, पानी, स्वास्थ्य, अर्थतन्त्र, रोजगारी, पूर्वाधार, गरिबी, मानव सुरक्षा र भावी पुस्ताको भविष्यसँग जोडिएको विकासको प्रश्न हो । औद्योगिक क्रान्तिपछि जीवाश्म इन्धनको व्यापक प्रयोग, तीव्र औद्योगिकीकरण, वन विनास, अनियन्त्रित सहरीकरण र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण हरितगृह ग्यासको उत्सर्जन बढ्दै जाँदा पृथ्वीको तापक्रम वृद्धि भएको छ । परिणामस्वरूप हिमनदी पग्लने, हिमताल विस्फोटको जोखिम बढ्ने,… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तद्वारा ९.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १३ असाेज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्ता पूँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसाको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशको विवरण निम्न अनुसार रहेको छ: बोनस शेयर: ६ प्रतिशत (३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबर) नगद लाभांश: ३.५ प्रतिशत - करसहित (२… पुरा पढौ

विदेशी ज्ञान र अनुभव स्वदेशमा-‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईं

चितवन, १३ असोज। राजनीतिक दलका महाधिवेशन, विभिन्न संघ सस्थाका साधारणसभाजस्ता कार्यक्रममा भोजनको व्यवस्था गर्नुपर्ने काम अत्यन्त चुनौती मानिन्छ । यही चुनौतीलाई अगाल्ने मध्येका एक व्यक्ति जनप्रकाश चापागाई हुनुहुन्छ । पछिल्ला समय दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा भोजनको जिम्मेवारी सम्हालेपछि उहाँ भोजन व्यवस्थापनका लागि अब्बल बन्नुभएको छ । बेलायतबाट सेवा क्षेत्रमा अनुभव हासिल गरेर स्वदेश फर्किएपछि उहाँले काठमाडौँ, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्न सुरुआत गर्नुभयो काठमाडौँमा अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाईसहितको समूह… पुरा पढौ

शरद् ऋतुमा १८ हिमाल आरोहण-पाैने २४ करोड राजस्व सङ्कलन

काठमाडौं, १३ असोज। शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ । आरोहण अनुमति प्रदान… पुरा पढौ

यी चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार प्रमुख कम्पनीको लाभांश सुरक्षित गर्ने अआज न्तिम दिन बाँकी रहेको छ। असोज १३ गतेसम्म कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न र आगामी वार्षिक साधारण सभामा भाग लिन पाउनेछन्। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका कम्पनीहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स रहेका छन्। साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि यी चारै कम्पनीहरूले भोलि… पुरा पढौ

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ असाेज । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाईका लागि आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको छ। क्यापिटलले असोज ७ गतेदेखि उक्त फण्डको इकाई निष्काशन गरेको थियो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। कुल निष्कासित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८०… पुरा पढौ

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

धनगढी, १३ असोज। धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उहाँले फूलखेती सुरुआत गर्नुभएको हो । न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आउनुभएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आउनुभएको छ । रु पाँच लाख लगानीबाट सुरु गर्नुभएकी सुशीलाको फूलखेती व्यवसायमा अहिले रु ५० लाख लगानी पुगेको छ । दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आउनुभएकी सुशीलाले वार्षिक रुपमा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १३ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ… पुरा पढौ

मनाङ पुगेका पर्यटक फर्किन थाले

लमजुङ, १३ असोज। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् । थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् । फर्किनेमा १५१ पुरुष र ९५ महिला रहेका छन् । यही असोज… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शे रचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)… पुरा पढौ