मुख्य समाचार

आठ महिनामा थपियो साढे २ खर्ब सरकारी ऋण

काठमाडौं, ७ चैत । चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई… पुरा पढौ

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

काठमाडौं, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा… पुरा पढौ

‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न

काठमाडौं, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा संवादको व्यवस्थापन, विदेशका राष्ट्र तथा सरकार प्रमुखसहित अतिथिलाई निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागितामा संवादलाई विशेष बनाउन आग्रह गरे। उनले संवादको तयारी हरेक हिसाबले त्रुटिहीन हुनुपर्नेमा जोड दिए। सगरमाथा… पुरा पढौ

बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव हुँदै

काठमाडौं, ६ चैत । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तरराष्ट्रिय… पुरा पढौ

नेप्से १४.८८ अंकले घट्याे, कारोबार ५ अर्ब १४ करोडमा सिमित

काठमाडौं, ६ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली शेयर बजारमा गिरावटले निरन्तरता पाएको छ । नेप्सेमा लगातारको गिरावले कारोबार रकम पनि यसअघिका दिनहरुको जस्तो हुन सकेन । शेयर बजारमा भएको न्युन कारोबारको कारण लगानीकर्ताहरुको मनोवल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८२.१५ विन्दुमा झरेको छ । नेप्सेमा ०.५५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ४४९.९२ विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये… पुरा पढौ

पर्वतमा १ सय ३३ उद्योगको दर्ता खारेज

पर्वत, ६ चैत । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा… पुरा पढौ

यसाे गर्दा अर्थतन्त्रमा ४० प्रतिशत सुधार आउन सक्छ-वराल

काठमाडौं, ६ चैत्र । देशकाे अर्थतन्त्र अत्यन्त अफ्टेरो स्थितिमा रहेकाे छ । यसका सुधारका लागि केही प्रयास अवस्य गर्न सकिन्छ । वित्तीय क्षेत्रका गतिविधिहरुमा विषेश चासाे राख्ने तथा एमाले कास्कीका उपाध्यक्ष भेषराज वरालले ९ बुँदे सुझाब दिएका छन् । वरालले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पाैडेल र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा डा बाबुराम भट्टराइलाई ईंगित गर्दै अर्थतन्त्र सुधारका बुँदाहरु पेश गरेका हुन् । यसाे गर्दा अर्थतन्त्रमा… पुरा पढौ

सुनको भाउ तोलाको १ लाख ७६ हजार, चाँदीमा गिरावट

काठमाडौं, ६ चैत्र । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ ८ सयले बढेको जनाएको छ । चाँदीमा भने रुपैयाँ ५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ७६ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि छापावाल मंगलबार छापावाल सुन तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर… पुरा पढौ

यस्तो छ आज निर्धारण भएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५… पुरा पढौ

‘पोखरा-छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान

छेन्दु (चीन), ६ चैत । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो । पहिलोपटक भएको अन्तरराष्ट्रिय उडानको प्रत्यक्ष… पुरा पढौ