मुख्य समाचार

धवलागिरिमा १३ जलविद्युत आयोजना भित्रिए

म्याग्दी, १३ फागुन । धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए । विद्युत् विकास… पुरा पढौ

बजार माग र लागत बढ्दा अण्डाको भाउ पनि बढ्यो

चितवन, १३ फागुन । आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु… पुरा पढौ

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौं, १३ फागुन । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन… पुरा पढौ

ट्रम्पले यूएसएडकाे लगानी ‘फ्रड’ भनेपछि अर्थ मन्त्रालयले दियाे यस्ताे जवाफ

काठमाडाैं, १२ फागुन । अर्थ मन्त्रालयले हालैका दिनहरूमा अमेरिकी सहयोग नियोग (USAID) बाट नेपालमा सञ्‍चालन भएका कार्यक्रमहरुको बारेमा विभिन्न सञ्‍चार माध्यम र सामाजिक सञ्‍जालमा आएका समाचार र टिप्पणीहरूका बारेमा ध्यानाकर्षण भएको जनाएकाे छ।   मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्यामप्रसाद भण्डारीले साेमबार एक बिज्ञप्ती प्रकाशित गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका कार्यक्रमहरू डिजाइनकाे चरणमा रहेका जनाइएकाे छ । त्यसका लागि अनुदान प्राप्त नभएकाे उल्लेख गरिएकाे छ । केहिदिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा यूएसएडले गरेकाे लगानी 'फ्रड' भएको बताएपछि यसका बारेमा निकै… पुरा पढौ

पोखरा फाइनान्सको नयाँ सञ्चालकमा याम बहादुर सुर्खाली चयन

पोखरा १२, फागुन । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको नयाँ संचालकमा याम बहादुर सुर्खाली चयन भएका छन। अधिकृत पूँजी १.०८ अर्व, साधारण जगेडा कोष २४ करोड तथा कर्जा रु. ८.१३ अर्व कायम रहेको यस वित्तीय संस्थाको यसअघिकाे संचालक समितिमा राजकुमार गुरुङ अध्यक्ष तथा प्रतिक गुरुङ, तिल बहादुर गुरुङ, गंगा घले र अच्युत पौडेल सञ्चालक समिति सदस्य रहेका थिए। विगत २८ वर्षदेखि कास्की, चितवन, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, रुपन्देही, बाँके, नवलपरासी, काठमाण्डौं एवं ललितपुरमा कुल २५ शाखा सञ्जाल… पुरा पढौ

प्रधानमन्त्री ओलीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) काे टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले युवा आदान–प्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्रराष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटबीच सीप,… पुरा पढौ

सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं, १२ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तक्रिया कार्यक्रम मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी बन्न लागेको विधेयकले कुनै मिडिया र अनलाइन माध्यम बन्द गर्न नभई सामाजिक सञ्जालमा जथाभावी समाज र राष्ट्र विरोधी अभिव्यक्ति नियमन गर्न खोजेको प्रष्ट पारे।… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, ११ अर्बको कारोबार

काठमाडौं, १२ फागुन । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएकाे छ । काराेबार सन्ताेषजनक रहेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा रहेको छ । नेप्सेमा ०.१२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ४५९.२५ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ… पुरा पढौ

दातृ निकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ : डा अमरेश कुमार सिंह

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गरे । “विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो ? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ”, उनले भने । यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको… पुरा पढौ

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण

सुन्दरहरैँचा, १२ फागुन । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुनसकिनन्। शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरे। साहित्यकार घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना… पुरा पढौ