मुख्य समाचार

सफल आवाजका प्रकाशक हुमागाईं लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा निर्वाचित

काठमाडौं, २५ फागुन । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको फागुन २४ गते शनिबार पाेखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी दुर्गा प्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नरमा निर्बिरोध निर्वाचित भएका छन्। सफल आवाज डटकमका प्रकाशक, सफल बिज लिंकका कार्यकारी निर्देशक तथा सफल मिडिया हाउस प्रालि का अध्यक्ष समेत रहेका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुमागाईं लायन वर्ष २०२५–२६ को लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन्। डिष्ट्रिक्ट गभर्नरमा निर्बाचित लायन लिडर हुमागाई बिगत १९ वर्षदेखि लायन्समा निरन्तर सक्रिय छन। ४५ वर्षअघि काभ्रे… पुरा पढौ

रू ३ करोड कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्री पौडेलको जोड

काठमाडौं, २५ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा रु तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नहुनेमा जोड दिएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आज बेग्लाबेग्लै भएका छलफलका उनले असङ्ख्य योजना तथा कार्यक्रम बजेटमा राख्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सकिएका ठूला रुपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिए । अर्थमन्त्री पौडेलले प्रदेश… पुरा पढौ

नेप्सेमा भारि अंकको गिरावट, कारोबार १० अर्बमा सिमित

काठमाडौं, २५ फागुन । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबरा नेपाली शेयर बजारमा भारि मात्रामा गिरावट भएको छ । पहिलो कारोबारको दिनमा भएको दोहोरो अंकको गिरावटले लगानीकर्ताहरु फेरि पर्ख र हेरको अवश्थामा पुगेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको छ । नेप्सेमा १.६४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.३१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमा सबैमा रातो लागेको छ । कुल ३१५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड… पुरा पढौ

दूधको उत्पादन, गुणस्तर र बजारीकरणकाे नयाँ परियोजना सुरु

चितवन, २५ फागुन । चितवनमा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो । जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । सङ्घका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पु¥याउने, यन्त्र उपकरणको… पुरा पढौ

संविधान संशोधनमा दलहरू मिल्नुपर्छ : सांसद ढुङ्गाना

काठमाडौं, २५ फागुन । म राष्ट्रियसभाको सदस्य हुनुभन्दा पहिला प्रतिनिधिसभाको सांसद थिएँ । प्रतिनिधिसभामा चार वर्ष रहेर काम गरेको अनुभव अहिले राष्ट्रियसभामा काम लागेको छ । प्रतिनिधिसभामा रहँदै गर्दा मैले संसदीय प्रक्रियाका बारेमा धेरै जानिसकेको थिएँ । संसद् भनेको जनताका सवाललाई उठाउने थलो हो । त्यतिबेला जनताका सवाललाई प्रतिनिधिसभामा जोडदार रूपमा राखेको थिएँ र अहिले राष्ट्रियसभामा पनि त्यही गर्दैछु । अर्को भनेको नीति निर्माणको विषय ऐन, कानुन बनाउनका लागि पनि राष्ट्रियसभामा भूमिका निर्वाह गर्दै आएको छु । जनकपुर चुरोट कारखानाका… पुरा पढौ

सानिमा रिलायन्स लाइफ इन्स्याेन्सको लाभांश सुरक्षित् गर्ने आज अन्तिम दिन

काठमाडौं, २५ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्याेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले लाभांश अनुमाेदन गर्नका लागि चैत्र ८ गते अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर काठमाडौँमा पूर्वान्ह ११ बजे आठौँ साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको ९‍.२४८९ प्रतिशत लाभांश अनुमाेदन गर्न साधारण सभा बोलाएको हाे । सभामा हाल कायम रहेकाे चुक्ता पूँजीको १.२४८९ प्रतिशत बाेनस शेयर र त्यसकाे कर प्रयोजनका लागि ८ प्रतिशत नगद… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा… पुरा पढौ

उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, २५ फागुन । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज… पुरा पढौ

जलवायु परिवर्तन : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

सोलुखुम्बु, २४ फागुन । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन् । स्थानीय महिला पासाङ ल्हामु शेर्पाले भनिन्, “पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ । पानीको अभाव, माटोको उर्बराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ । खेती लगाउँदा पनि खासै पहिलाजस्तो… पुरा पढौ

एआई पूर्वाधारमा माइक्रोसफ्टद्वारा २९७ लाख अमेरिकी डलर लगानी गर्ने घोषणा

जोहानेसबर्ग, २४ फागुन । माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न ५.४ अर्ब रेन्ड (लगभग २९७ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा यो घोषणा गर्नुभयो । उक्त कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित थिए । स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न विगत तीन वर्षमा कम्पनीले २० बिलियन रेन्ड लगानी गरेको बताए। कार्यक्रममा… पुरा पढौ