काठमाडाैं, २२ फागुन । एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हाे । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरुमा छलफल गरी स्वीकृत गरेकाे छ । यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव पारित गरिएकाे छ । सञ्चालक समितिले…
पुरा पढौ