मुख्य समाचार

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं,१० असोज। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा कायम गरिएको… पुरा पढौ

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं, ९ असाेज। नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी कर्जासम्बन्धी रणनीतिक सम्झौता भएको छ। यस सम्झौतासँगै अब ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री-वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनको खरिदमा ८० प्रतिशतसम्म सहज र झन्झटरहित फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्। सम्झौता पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका सिइओ ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन्। कर्जा सुविधाका मुख्य विशेषताहरू कर्जा सीमा र अवधि: प्रतिस्पर्धी ब्याजदरमा ७… पुरा पढौ

कोरलामा बेमौसमी हिमपात: यातायात र तटीय क्षेत्रमा उच्च सतर्कता, रात्रिकालीन यात्रामा रोक

मुस्ताङ, ९ असाेज। नेपाल–चीन उत्तरी सीमावर्ती कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। समुद्री सतहबाट चार हजार ६१० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा बिहीबार रातिदेखि परेको हिउँका कारण नाका वरपरका डाँडाकाँडा सेताम्मे भएका छन्। हिमपातका कारण कोरलानाकामा आयात–निर्यातमा खटिएका कन्टेनर तथा ढुवानीका साधनको आवतजावत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मुस्ताङमा निरन्तर भइरहेको वर्षासँगै उपल्लो नाका क्षेत्रमा हिमपात भएको हो। लोमान्थाङ आसपासका बस्तीहरूमा भारी वर्षा हुनुका साथै उपल्लो लेकाली क्षेत्रमा आंशिक हिमपात… पुरा पढौ

निप्पोन फर्मास्युटिकलकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं, ९ असाेज । बिराटनगर १२ बखरीमा अवस्थित निप्पोन फर्मास्युटिकल लिमिटेडले निकट भविष्यमा जारी गर्ने प्राथमिक शेयरको सार्वजनिक निष्काशन कार्य गर्नका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाइ नियुक्त गरेकाे छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हाे । निप्पोन फर्मास्युटिकल लिमिटेड अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरु अनुरुप विभिन्न प्रकारका औषधीहरु जस्तै… पुरा पढौ

तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं, ९ असाेज। आगामी तीन दिन देशभरको मौसम बदली भई अधिकांश स्थानमा मध्यमदेखि अति भारी वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ। असोज ९ गते (शुक्रबार) दिउँसो: देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भू-भागमा वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र… पुरा पढौ

कुलेखानीमा जल सतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

बागमती, ९ असोज। मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको प्रक्षेपणका साथै पानी पर्ने क्रम लगातार भइरहेका अवस्थामा जल सतह बढ्ने र यसका कारण हुनसक्ने जोखिमसमेतलाई दृष्टिगत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो । हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उहाँले तीनवटै युनिटबाट पूर्ण… पुरा पढौ

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं, ९ असोज। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित भएको छ । हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीका साथै भारतको वनारस र कलकत्तामा उडान भर्दै… पुरा पढौ

४० मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं, ९ असोज। चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाका २० / २० मेगावाट क्षमताका २ वटा युनिटबाट विद्युत उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ । परीक्षण… पुरा पढौ

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री शाह (भिडियाेसहित)

काठमाडौं, ९ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने बताउनुभएको छ। महासभामा नेपालको तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका असरबाट प्रभावित नेपालजस्ता कम विकसित र हिमाली देशहरूलाई विगतका विनाशको पुनर्निर्माणमा मात्रै अल्झ्याउनुको साटो आफ्ना जनतालाई भविष्य निर्माण गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले हालै नेपालमा आएको विनाशकारी बाढी (जसलाई ‘हिमालयन सुनामी’ पनि भनिएको छ) ले पुर्‍याएको ठूलो क्षति र मानवीय त्रासदीबारे विश्व समुदायको… पुरा पढौ

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक बन्द

चितवन, ९ असोज। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो । पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा सवारी आवागमन रोकिएको उहाँले जानकारी… पुरा पढौ