मुख्य समाचार

संविधान संशोधन दलहरूबीच सहमतिका आधारमा गर्नुपर्छ-सांसद न्यौपाने

काठमाडौं, १० फागुन । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार र महत्त्वपूर्ण थलोका रूपमा लिइन्छ । यो सभालाई प्रभावकारी तुल्याउन दलगत स्वार्थ त्यागेर देशलाई केन्द्रविन्दुमा राखी हेरिनुपर्छ । हरेक विषयलाई साझा ढङ्गले छलफल र बहस गरेर टुङ्ग्याइनुपर्छ । त्यसो त शून्य र विशेष समयमा सदस्यहरूले आ–आफ्ना ढङ्गले विषयवस्तु उठाउँछौँ तर, कानुन बनाउने कुरामा अहिलेसम्म हामी फरक–फरक ढङ्गले प्रस्तुत हुँदैनौँ । आगामी दिनमा पनि सोही ढङ्गले अगाडि बढ्नुपर्छ । राष्ट्रियसभालाई फरक र जिम्मेवार ढङ्गले लैजानुपर्छ ।… पुरा पढौ

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ्, १० फागुन । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । महतले भने, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो ।… पुरा पढौ

शेयर बिक्रीका लागि वातावरण बनाउन इपानकाे आग्रह

काठमाडौं, १० फागुन । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकाेमा जोड दिएका छन् । रणनीतिक महत्वको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्यान्वयलाई सहयोग गर्न र लगानी विस्तारका लागि जलविद्युत आयोजनाको संस्थापक शेयरमा क्राउड फाईनान्सिङको माध्यमबाट लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरुको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन संघीय संसद्को सार्वजनिक… पुरा पढौ

निर्धारित समय अघि ‘ग्रे लिष्ट’बाट निस्कन्छौं-अर्थमन्त्री पौडेल

काठमाडौं, १० फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर… पुरा पढौ

कोशी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १० फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च… पुरा पढौ

बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

काठमाडौं, ९ फागुन । सूचना तथा प्रसारण विभागले लाइसेन्स/अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ । विभागले आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएर मात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ । लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ । विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जिपीएस ट्र्याकलगायत रेडियो… पुरा पढौ

विद्युतीय सुशासनका लागि ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’ अपरिहार्य

काठमाडौं, ९ फागुन । विद्युतीय शासनलाई शासकीय व्यवस्थामा नविनतम उपगमका रुपमा लिइन्छ । शासन व्यवस्थालाई निष्पक्ष, तटस्थ र पारदर्शी बनाउनुका साथै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनका लागि पनि विद्युतीय शासन अपरिहार्य बनेको छ । नेपालको शासकीय अभ्यासमा विद्युतीय उपकरणको उपयोग हुन थालेको करिब पाँच दशक भयो । नेपालको राष्ट्रिय जनगणना २०२८ मा पहिलो पटक आइबीएम १४०१ कम्युटरको प्रयोग भएको थियो । त्यसयता शासनमा कम्युटरीकृत प्रणालीको उपयोगले पारदर्शीता र कार्यकुशलता अभिवृद्धि गर्न सकिन्छ भन्ने तथ्य व्यवहारिक रुपमै स्थापित भइसकेको छ । पछिल्लो… पुरा पढौ

सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम खर्च

भैरहवा (रुपन्देही), ९ फागुन । चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित बजेटको एक चौथाइ मात्र खर्च भएको छ । लुम्बिनी प्रदेशका मन्त्रालय र अन्य प्रादेशिक कार्यालयले चालु र पुँजीगत खर्च गरी २४ दशमलव ४७ प्रतिशत खर्च भएको छ । प्रदेशमा चालुतर्फ विनियोजित कुल रकम रु ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रकम भएकोमा त्यसको २६ दशमलव २४ प्रतिशत अर्थात दुई अर्ब ९५ करोड पाँच लाख १८ हजार सात सय ४७ रुपैया खर्च भएको छ ।… पुरा पढौ

स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने

काठमाडौं, ९ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। आज मडिया ब्रिफिङका क्रममा उनले भने, “साताभरीका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्वूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौँ ।” यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित… पुरा पढौ

सिटिजन लाइफद्वारा २८.४० प्रतिशत लाभांश घोषणा

काठमाडौं, ९ फागुन । सिटिजन लाइफ इन्स्याेरेन्सकाे लाभांश घोषणा गरिएकाे छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर निर्णय गरेकाे छ । गत आर्थिक वर्षको नाफाबाट करकाे प्रयाेजनका लागि १.४२ प्रतिशत नगदसहित जम्मा २८.४० प्रतिशत लाभांश दिने निर्णय गरिएकाे छ । संचालक समितिले निर्णय गरेकाे साे प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृति गरेपछि तथा कम्पनीको साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७९-०८० मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।  यसअघि प्रस्तावित लाभांश विरणकाे… पुरा पढौ