मुख्य समाचार

बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौं, ८ फागुन । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरे । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर… पुरा पढौ

मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व

भद्रपुर (झापा), ८ फागुन । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०÷८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै… पुरा पढौ

सुनको तोलाको १ लाख ७१ हजार पुग्याे, चाँदीमा पनि बृद्धि

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जनाएकाे छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १… पुरा पढौ

क्रेस्ट माइक्रो लाइफकाे फागुन २२ गतेदेखि आईपीओ आउदै

काठमाडौं, ८ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका शेयर निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेकाे हाे । कम्पनीले रुपैयाँ २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएमा रुपैयाँ २ करोड २५ लाख बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनपछी बाँडफाँड भइसकेकाे छ। कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता तथा… पुरा पढौ

एनएमबि हाईब्रिड फण्ड एल २ मा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ८ फागुन । एनएमबि  क्यापिटलले बिक्रीमा ल्याएकाे दुईवटा फण्डकाेका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष तथा, एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन खुलाएकेा थियाे । प्रतिइकाई १० रुपैयाँ मूल्यकाे रुपैयाँ १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी याेजना हो। याे एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । यसमा एक करोड ६८… पुरा पढौ

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक

तनहुँ, ८ फागुन । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए। बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं, ८ फागुन । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसमसफा रहेको बताएको छ । तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका… पुरा पढौ

बाँझो रहेकाे तीन सय रोपनी जग्गामा ओखरखेती सुरू

गलकोट (बागलुङ), ८ फागुन । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए। तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण… पुरा पढौ

पर्यटनमा हौसला-‘स्काइवाक टावर’मा प्रधानमन्त्री ओली

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए। पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । कूल ७८ दशमलव ५ मिटर… पुरा पढौ

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, ७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका न्छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय हो भने। राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध… पुरा पढौ