मुख्य समाचार

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्दैछ : प्रधानमन्त्री ओली

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे। “लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ”, प्रधानमन्त्रीले… पुरा पढौ

एनएमबि हाईब्रिड फण्ड इकाईमा भाेलिसम्म आवेदन दिन पाइने

काठमाडौं, ७ फागुन । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भाेलि बिहीवारसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखीे योजना हो । कम्पनीका अनुसार यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा… पुरा पढौ

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं, ७ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । युके–नेपाल विजनेश फोरमले मंगलवार काठमाडौंमा आयाोजना गरेको “अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश ” शेसनमा विशेष वक्ताको रुपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानूनी सुधारहरू गरेको जानकारी दिँदै यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भईरहेको बताउनु भयो। यस्तै द्विपक्षीय लगानी सम्झौता… पुरा पढौ

एकैदिन प्रतितोला १ हजार १ सयले बढ्यो सुनको भाउ

काठमाडौं, ७ फागुन । बुुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार तोलामा १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार १ सयले बढेर तोलामा १ लाख ७० हजार ५ सयमा कायम भएको हो । त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९८५ मा… पुरा पढौ

प्रधानमन्त्रीले दिए प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरे। “फागुन ७ गते, आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो”, प्रधानमन्त्री ओलीले नेपालको नक्सासँगै नेपालको राष्ट्रिय झण्डा ‘पोष्ट’ गर्दै लेखेका छन् । “जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल… पुरा पढौ

मुलुकभर आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, ७ फागुन । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा… पुरा पढौ

सेवाकाे विविधिकरणले राससको औचित्य स्थापित भएको छः प्रधानमन्त्री ओली

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताएका छन् । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा राससमा आबद्ध व्यवस्थापक, पत्रकार÷कर्मचारी तथा सम्बद्ध सेवाग्राहीमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यसको कानुनी र संरचनात्मक सुधार एवं थप श्रीवृद्धिका लागि गर्नुपर्ने सहजीकरणका लागि सरकारले आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाए। प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो समाचारका माध्यमबाट आमजनतालाई सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्दै गएको… पुरा पढौ

रासस समयानुकूल सशक्त स्रोत हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, ७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) समयानुकूल अझ सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औल्याएका छन् । राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राज्यद्वारा सञ्चालित देशको एक मात्र समाचार समितिका रूपमा अविछिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सामग्री सम्प्रेषण गर्दै आएको रासस सशक्त र प्रभावकारी स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताए । मन्त्री गुरुङले भने, “राससले मिडिया सङ्ग्रहालय सञ्चालन गरेर इतिहासमा अभिलेखिकरण गरेको छ, यसले विभिन्न मातृभाषामा समाचार… पुरा पढौ

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, ७ फागुन । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी,… पुरा पढौ