मुख्य समाचार

एमसिसीद्वारा नेपालमा सञ्चालित आयोजना स्थगित

काठमाडौं, ७ फागुन । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ । अर्थ मन्त्रालयद्वारा जारी ‘प्रेस रिलिज’ मार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी दिइएको हो । रिलिजमा भनिएको छ, “अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २० जनवरी… पुरा पढौ

२६ आयोजना पुनःनिर्माणमा १९ अर्बको स्रोत सहमति

काठमाडौं, ७ फागुन । गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले रू १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनःनिर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनःनिर्माणमा बिपी… पुरा पढौ

नेप्से ११.९१ अङ्कले बढ्याे, रु १० अर्ब ४३ करोडकाे काराेबार

काठमाडौं, ६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो । शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख… पुरा पढौ

ग्लोबल आइएमई बैंकद्वारा बोनस शेयरबापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह

काठमाडौं, ६ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको हो। बैंकले मंसिर ९ गते बुक क्लोज गरेको थियो र त्यस मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्ने समेत बताइएकाे छ । बैंकका अनुसार बोनस शेयरमा लाग्ने ५ प्रतिशत कर तिरेपछि मात्र बोनस शेयर डिम्याट खातामा पठाइने र शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूले कर तिरेर… पुरा पढौ

प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ (विचार)

काठमाडौं, ६ फागुन । हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ । राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा… पुरा पढौ

स्वरोजगार लघुवित्तले फागुन १८ देखि एफपीओ जारी गर्ने

काठमाडौं, ६ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने भएकाे छ। संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ रहने १ लाख ९५ हजार ७७३ कित्ता शेयर जारी गर्ने भएकाे हाे । शेयरमा लगानीका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिभित्र माग अनुसारकाे आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्युनतम १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। लगानीकर्ताले नसम्पूर्ण… पुरा पढौ

विदेशी महको आयातले स्वदेशी किसान मर्कामा

घोराही , ६ फागुन । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताए। घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा चुन्वाङ एपिकल्चर मौरीफार्ममार्फत व्यावसायिक मौरीपालन गर्दै आएका ओलीले चरन अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनले बताए। उनले भने, “बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ… पुरा पढौ

मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, ६ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर सोमबारकै भाउमा कारोबार भईरहेको जनाएको छ । छापावाल सुन यसदिन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । महासंघा अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ९ सय ७०… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्दै, अन्यकाे कति ?

काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र… पुरा पढौ

घरबासले जोगाउँदै मगर संस्कृति

लमजुङ, ६ फागुन । हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् । “पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उनले अनुभव सुनाउँदै भने, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न । त्यससँगै आफ्नो… पुरा पढौ