मुख्य समाचार

नेपालको सार्वजनिक ऋण रु. २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं, ८ असाेज । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु. २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाघेको हो। कार्यालयको तथ्याङ्कअनुसार कुल ऋणमध्ये आन्तरिक ऋण दायित्व रु. १३ खर्ब ६१ अर्ब ८७ लाख र बाह्य ऋण दायित्व रु. १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख बराबर रहेको छ। जिडिपीका आधारमा आन्तरिक ऋण २०.६३ प्रतिशत र… पुरा पढौ

संयुक्त राष्ट्र महासभामा नेपालको सन्देश स्पष्ट हुनुपर्छ, सहानुभूति मात्रै पर्याप्त छैन: जलवायुविद ढकाल

काठमाडौं, ८ असोज। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मङ्गलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ। गत भदौ १० गते भोटेकोशी नदीको बाढीको जलवायुको ज्वलन्त उदाहरण प्रस्तुत गर्दै नेपालले महासभामा जलवायु न्यायका लागि आवाज उठाउँदैछ। यतिबेला जलवायुविद् मञ्जित ढकाल पनि न्यूयोर्कमा नै हुनुहुन्छ। क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशक रहनुभएका जलवायुविद् ढकालले निरन्तर बढिरहेको तापक्रम, हिमनदीमा भइरहेको परिवर्तन, पर्माफ्रस्ट अर्थात् लामो समयदेखि जमेर रहेको भू–भागको पग्लाइ, चट्टानका चिराभित्र पानी पस्ने प्रक्रिया र पहिलेदेखिको भूगर्भीय कमजोरीलगायतका कारणले यस्तो… पुरा पढौ

राष्ट्र बैंकद्वारा रु. १००० दरको नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषताहरू

काठमाडौं, ८ असाेज। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले रु. १००० (एक हजार) दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले २०८३ असोज ८ गते बिहीबार एक सूचना जारी गर्दै साविककै आकारमा रङ परिवर्तन गरी (बैजनी रङको घेराभित्र फिक्का हरियो) नोट सम्बत् २०८३ साल असोज ८ गतेदेखि नै चलनचल्तीमा ल्याइएको जनाएको छ। सङ्केत नं. $\text{ट/९२ ०००००१}$ देखि $\text{त/५० ९९९९९९}$ सम्म रहेका यी नयाँ नोटहरूमा सुरक्षण सुविधाहरू परिमार्जन गरिएको छ। Note सिरिज "विसं २०८२" र पृष्ठ भागमा "2025 A.D." उल्लेख गरिएको… पुरा पढौ

पोखरा-दुबई सीधा उडानबाट पर्यटन व्यवसायी उत्साहित

पोखरा, ८ असोज । अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै अस्वाभाविक चहलपहल र उत्साह देखिएको छ। फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेपछि पहिलो उडानबाट आउने यात्रुको स्वागत र जाने यात्रुको बिदाइका लागि स्थानीयवासी, जनप्रतिनिधि र पर्यटन व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। दुबईबाट ११३ जना यात्रु लिएर आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गर्दा ‘वाटर क्यानन’ (पानीको फोहरा) ले भव्य स्वागत गरिएको थियो। सोही… पुरा पढौ

यी ५ कम्पनी र फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, ८ असाेज । आज बिहीबार २ कम्पनी र ३ म्युचुअल फण्डहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। माछापुच्छ्रे बैंक, कालिञ्चोक दर्शन, आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश प्राप्त गर्नका लागि लगानीकर्ताले आजैसम्म शेयर तथा इकाई कायम गरिसक्नुपर्नेछ। नेप्सेका अनुसार भोली (असोज ९ गते) कालिञ्चोक दर्शनले र असोज १२ गते माछापुच्छ्रे बैंक तथा बाँकी तीन म्युचुअल फण्डले बुकक्लोज गर्दैछन्। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी तथा इकाईधनीहरूले मात्र… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन

काठमाडौं, ८ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज ८ गते, आज बिहीबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सले बुकक्लोज गरेसँगै नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। समायोजित मूल्य विवरण: सांग्रिला डेभलपमेन्ट बैंक: अघिल्लो कारोबार दिन (बुधबार)को अन्तिम मूल्य: रु. ४२८ बोनस शेयर प्रतिशत: ४% नेप्सेद्वारा निर्धारित समायोजित मूल्य: रु. ४११.५४… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ८ असोज। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा कायम… पुरा पढौ

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको अनुमगन

बागमती, ८ असोज। जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयको स्थलगत अवलोकनसहित सरोकारवासँग छलफल गरी सतर्कता अपनाउन अनुरोध गरेको हो । प्रजिअ अधिकारीले कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउत, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, सम्बन्धित प्राविधिक एवम् अधिकारीसँग स्थलगत रुपमा नै जानकारी लिनुभएको थियो । निरीक्षण एवम् छलफलका क्रममा उहाँले कुलेखानी… पुरा पढौ

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी, ८ असोज। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनःसंरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेर म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाको परीक्षण सफल भएको छ । कुल २०÷२० मेगावाट क्षमताका दुई वटा युनिटको मङ्गलबार र… पुरा पढौ

पुनःस्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

काठमाडौं, ८ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै उहाँले पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी–७ को सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग गर्ने जी–७ सदस्य… पुरा पढौ