मुख्य समाचार

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं, ७ असोज। प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझाव ग्रहण गर्दै दफाबार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताउनुभयो । उहाँले प्रणालीगत तरलतालगायत विषयम विद्यमान संरचनाले सम्बोधन गर्न नसकेकाले अर्थतन्त्रको सुधारको प्रयासका रूपमा यो विधेयक ल्याएको बताउनुभयो । छलफलमा सांसदहरू सुशील… पुरा पढौ

नेप्सेमा ब्रेक: परिसूचक ३६.२५ अङ्कले घट्यो, कारोबार रकम ६ अर्ब ३५ करोडमा सीमित

काठमाडौं, ७ असोज। लगातार तीन कारोबार दिनदेखि भइरहेको वृद्धिमा ब्रेक लाग्दै साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३६.२५ अङ्कले घटेर २६१८.०३ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.३३ अङ्क, फ्लोट इण्डेक्स २.६० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अङ्कले ओरालो लागेका छन्। बजार घट्दा कारोबार रकममा समेत गिरावट आएको छ। मङ्गलबार ७ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३५२ वटा स्क्रिपका… पुरा पढौ

२० दिनमा २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ, ७ असोज। मुस्ताङ भन्सार कार्यालयले २० दिनमा २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् । कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका… पुरा पढौ

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ: महासचिव गुटेरेस

काठमाडौं, ७ असोज। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा श्रृङ्खलाबद्ध रूपमा गइरहेका जलवायुजन्य विपद्हरूले जलवायु सङ्कटको भयावह जोखिमलाई पुष्टि गरेको बताउँदै विश्व समुदायको ध्यान आकृष्ट गराउनुभएको छ। राष्ट्रसङ्घको ८१औँ महासभाको साधारण सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भई नेपालसहितका हिमाली मुलुकहरू गम्भीर सङ्कटमा परेको बताउनुभयो। हिमनदी तीव्र गतिमा पग्लिने क्रम नरोकिए विश्वले अझै ठूलो विपत्ति झेल्नुपर्ने चेतावनी उहाँले दिनुभयो। नेपालको भोटेकोशीमा आएको बाढीजस्ता घटनाले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको उल्लेख गर्दै महासचिव गुटेरेसले भन्नुभयो, "तीन… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा ६ वटा लघुवित्त संस्था कारबाहीमा

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको नियामकीय मापदण्ड पालना नगर्ने छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ती संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात (Capital Fund Ratio) कायम गर्न नसकेका चारवटा लघुवित्तलाई 'बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४' बमोजिम कारबाही गरिएको छ: फरवार्ड लघुवित्त:… पुरा पढौ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं, ७ असोज। सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को गत असोज २ गते बसेको बैठकको निर्णयअनुसार काठमाडौँ १४ निवासी श्रेष्ठलाई ४ वर्षको पदावधिका लागि उक्त जिम्मेवारी सुम्पिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आजै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहण समारोहमा बोल्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो। उहाँले विज्ञापन बोर्डको वर्तमान अवस्था, चुनौती र सम्भावनाको… पुरा पढौ

सिटिजन्स बैंकको साधारण सभा असोज २८ मा

काठमाडौं, ७ असाेज। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले असोज २८ गते, बुधबार साधारण सभा बोलाउने निर्णय गरेको हो। उक्त सभा काठमाडौँको डिल्लीबजारस्थित अमृतभोग, कालिकास्थानमा बिहान ११:०० बजेदेखि सुरु हुने बैंकले जनाएको छ। सभाका मुख्य एजेण्डा र प्रस्तावहरू साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको कुल ४ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव पेस… पुरा पढौ

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान

पोखरा , ७ असोज। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण अत्यन्त उत्साहित भएका छन् । अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५… पुरा पढौ

हिमाली आदिवासीको मुद्दा र जलवायु न्यायका लागि प्रधानमन्त्रीलाई नेफिनको ध्यानाकर्षण

काठमाडाैं, ७ असाेज। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको उपस्थिति केवल उपस्थितिमा मात्रै सीमित नहोस् भन्दै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले हिमाली भेगका अधिकार र जलवायु न्यायलाई बुलन्द रूपमा उठाउन सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले प्रधानमन्त्रीलाई सम्बोधनसहितको १० बुँदे मागपत्र बुझाउँदै विश्वमञ्चमा नेपालले आफ्ना जलिरहेका मुद्दा र पीडालाई निडर भएर प्रस्तुत गर्नुपर्ने बताएका छन्। पग्लिँदा हिमाल, फुटनै लागेका हिमताल, र अनपेक्षित बाढी–पहिरोको सास्ती खेपिरहेका हिमाली समुदायको आवाजलाई विश्वसामु पुर्‍याउनु नेपालको दायित्व भएको नेफिनको ठहर छ। महासंघले… पुरा पढौ

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा उच्च सतर्कता अपनाउन आग्रह

काभ्रेपलाञ्चोक, ७ असोज। सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला व्यवस्थापन समितिले स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ । यसका साथै स्थानीय… पुरा पढौ