मुख्य समाचार

आज माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

काठमाडौं, २१ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए। वसन्त श्रवणमा उपराष्ट्रपति… पुरा पढौ

काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको फुकुवा

काठमाडौं, २० माघ । प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको र तीन वटालाई सूचीकरणबाट हटाएको जनाएको छ । यस्तै छवटा सञ्चारमाध्यमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको र तीमध्ये तीन वटालाई सूचीकरणबाट हटाइएको छ । साथै चारवटा सञ्चारमाध्यमलाई भने क्षमायाचना र आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कारबाही फुकुवा गरी कालोसूचीबाट हटाइएको छ… पुरा पढौ

आईतबार नेप्सेमा छायो हरियाली, रु १३ अर्बको कारोबार

काठमाडौं, २० माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । केहि हप्तापछि छाएको नेप्सेको हरियालीले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.६४ अंकले बढेर ४५८.३७ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । ३३० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ४८ लाख ४८ हजार ७९… पुरा पढौ

भूमि सम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार दिइएकाे मन्त्री अधिकारीकाे भनाई

काठमाडौं, २० माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी सरकारले काम गरिरहेको बताएका छन्। चाबहिलमा मालपोत र नापी कार्यालय भवन उद्घाटन गर्दै उनले भूमि समस्या समाधान गर्न अहिले बनेको आयोगलाई अधिकार पनि दिइएको बताए । पहिले आयोग बनाउने तर अधिकार नदिने समस्या भएकामा ऐन संशोधन गरेर अधिकार दिइएको मन्त्री अधिकारीको भनाइ थियो । “नागरिकता नम्बरमार्फत देशभर कसका नाममा कहाँ जग्गा छ भनेर थाहा पाउन सकिन्छ,… पुरा पढौ

खुद ब्याज आम्दानी घटेपनि एनआइसी एसिया लघुवित्तको नाफा बढ्याे

काठमाडौं, २० माघ । एनआइसी एसिया लघुवित्तको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउदा खुद नाफा २८१.०१ प्रतिशतले बढेकाे छ । लघुवित्तको नाफा बढेर रूपैयाँ ४२ लाख १४ हजार पुगेको छ । अघिल्लो वर्षकाे साेहि अवधिमा याे रूपैयाँ ११ लाख ६ हजार थियो । तर लघुवित्तको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घटेकाे छ। यसरी घटेर रूपैयाँ ३३ करोड ४७ लाख १० हजार रहेकाे छ ।यसअवधिमा रूपैयाँ ५ करोड ८९ लाख ३९ हजार इम्पेयरमेन्ट चार्ज उल्टिएकाे छ… पुरा पढौ

सिंगटी हाइड्रोकाे विद्युत बिक्री आम्दानी बढ्याे

काठमाडौं, २० माघ । सिंगटी हाइड्रो इनर्जीकाे विद्युत बिक्री आम्दानी बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १५३.८२ प्रतिशतले धेरै हाे । कम्पनीले यस आर्थिक वर्षको पुससम्म ४३ करोड ६७ लाख रुपैयाँ कमाएकाे छ। यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १५३.८२ प्रतिशतले धेरै हो। गएकाे वर्षमा कम्पनीकाे आम्दानी १७ करोड २० लाख रुपैयाँ थियो। विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीलाइ नाफा भएकाे हाे । गत… पुरा पढौ

सांसदले विधि बनाउने, विज्ञले शासन चलाउने हाे-विष्ट

काठमाडौं, २० माघ । राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न । पुँजीगत खर्च न्यून, राजस्व सङ्कलनमा गिरावट, बढ्दो युवा पलायन र वैदेशिक ऋणभार बढ्दै गइरहेको अवस्था छ । मुलुकको समृद्धिमा दीर्घकालीन प्रभाव पार्ने यस्ता सूचकलाई समयमै सम्बोधन गरी सकारात्मक दिशातर्फ उन्मुख गराउने ठोस पलहको कमी भइरहेको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुनैलाग्दा सार्वभौम संसद्को अधिकारलाई कटौती गर्दै सरकारले विभिन्न अध्यादेश जारी गरेको थियो । यस्तो अभ्यासले लोकतन्त्रलाई सुदृढ गर्दैन । नेपाली जनताको प्रमुख… पुरा पढौ

आज सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २० माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेको छ भने चाँदीमा रुपैयाँ ५ ले घटेको छ । यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो… पुरा पढौ

बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता

झापा, २० माघ । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे। सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए। यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाण्डौं, २० माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४८… पुरा पढौ