मुख्य समाचार

क्रेष्ट माइक्रोलाईफ र ओम मेघाश्रीले पाए आइपीओ निष्कासन अनुमति

काठमाडौं, ४ माघ । नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले दुई कम्पनीलाई शेयर (आइपीओ) जारी गर्ने अनुमति दिएकाे छ। अनुमति पाएका दुई कम्पनीहरुमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स रहेका छन्। यी कम्पनीहरु प्रत्येकले २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर निष्कासनकाे अनुमति पाएका छन् । अब उनीहरुले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न अनुमति पाएका हुन्। यी दुई कम्पनीसँगै यस वर्ष शेउर निष्कासनकाे अनुमति पाउनेहरुकाे पाउने कम्पनीहरु चार रहेका छन्। यसअघि गार्डियन माइक्रो लाइफ र नेपाल… पुरा पढौ

अमेरिकी डलर र यूराेकाे भाउ उकालो लाग्दै, अन्यकाे कति

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा… पुरा पढौ

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च :राष्ट्र बैंक

काठमाडौं, ४ माघ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय रू ४७… पुरा पढौ

न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती

मनाङ, ४ माघ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ । विद्युत् अभावले यहाँका पालिकाबाट दिइने सेवामा समस्या आउने गरेको छ । पालिकासम्म पुग्नै पैदल हिँडेर दुई दिन लाग्छ । बिजुली अभावले सेवा प्रवाहमा समयमा हुनै सक्दैन । सौर्य ऊर्जाको भरमा… पुरा पढौ

ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौं, ४ माघ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, म¬ङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

पाेखरा, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउनका लागि सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गरे। उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले… पुरा पढौ

सातै प्रदेशमा पुग्यो ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप

काठमाडौं, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाेप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए। निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । ङ्घीय… पुरा पढौ

नेप्सेमा ७.३३ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

काठमाडौं, ३ माघ । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएको छ । अघिल्लो दिन १।८३ अंकको बृद्धि भएको नेप्सेमा यसदिनको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३९ अंकले घटेर ४३६.६२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५४ वटामा मात्रै हरियो लागेको छ र बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल… पुरा पढौ

अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र (विचार)

काठमाडौं, ३ माघ । अर्थतन्त्रका उत्पादन, लगानी, उपभोग, बचत, रोजगारी, आम्दानीको अवस्थालाई जनाउने क्षेत्र वास्तविक क्षेत्रको नामले चिनिन्छ । अर्थतन्त्रको आकार र यसमा भएको वृद्धिले अर्थतन्त्रको अवस्थालाई जनाउँछन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब ८४ करोड पुग्ने प्रारम्भिक अनुमान छ । गत आव २०७९÷८० मा अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ भने आव २०७८÷७९ मा अर्थतन्त्रको आकार रु ४९ खर्ब ७६ अर्ब रहने अन्तिम… पुरा पढौ

सुनमा रु १२ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ३ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १२ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ५६ हजार ६ सय कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५० ले बढेर तोलाको… पुरा पढौ