मुख्य समाचार

आर्थिक सङ्कटले हेटौँडा सिमेन्टकाे उत्पादन ३ महिनादेखि बन्द

बागमती, ३ माघ । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन”, हेटौँडा सिमेन्ट उद्योगका… पुरा पढौ

लाभांश पारित गर्न नेपाल लाइफले डाक्याे एजिएम

काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे साधारण सभा माघ २८ गते डाकिएकाे छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे डाकिएकाे हाे । सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांशसहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिने छ । यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान, हिसाब किताब, विवविध विषयमा छलफल गरिने भएकाे छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति तथा निजकाे पारिश्रमिक… पुरा पढौ

यस्ताे छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस… पुरा पढौ

मौरीपालनबाट लाभान्वित हुँदै किसान

त्रिवेणी (नवलपरासी), ३ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन्। दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनका हाल २८ घार मौरी रहेका छन् । यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गरे। अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उनको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय बजारमा मह प्रतिकिलोग्राम (केजी) रु… पुरा पढौ

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

आगरा (भारत), ३ माघ । सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन् । सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ । यसैको… पुरा पढौ

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुनकाे कति ?

काठमाडाैं, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। भारतले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार निगमले नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।  निगमले एक बिज्ञप्ती जारी गरेर पेट्रोलमा प्रति लिटर २ रुपैयाँ वृद्धि गरेको छ । डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको छ। भाउ बढपछि पेट्रोलको नयाँ मूल्य प्रति लिटर १६५ रुपैयाँ रहेकाे छ । डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५६ रुपैयाँ भएकाे निगमले जनाएकाे छ। पुरा पढौ

६० लाख धरौटी बुझाएर लामिछाने रिहा, आदेशकाे (पूर्णपाठ)

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा भएका छन् । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन्। रु ६० लाख धरौटीमा रिहा गर्न आदेश जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश… पुरा पढौ

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताएका छन् । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको उनले बताए । सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको बताए । “सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त… पुरा पढौ

नेप्सेमा सामान्य बृद्धि, पौने ६ अर्बको कारोबार

काठमाडौं, २ माघ । शेयर बजार बन्द हुँदाको समयभन्दा केहि मिनेट अगाडीसम्म दोहोरो अंकको गिरावटमा रहेको शेयरबजारको आजको यात्रा बजार बन्द हुने समयमा भने उकालो लागेको छ । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । यसलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन् । नेप्सेमा १.८३ अंकको बृद्धि भएको छ । यसरी बढेकाे नेप्से २५९५.९६ विन्दुमा पुगेकाे छ । नेप्सेमा ०.७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले घटेर ४३९.०१ विन्दुमा रहेको छ… पुरा पढौ

सरकारले हालै जारी गरेकाे अध्यादेशले नेपालमा लगानीको वातावरण अभिवृद्धि हुने भन्दै व्यवसायीमा छायाे खुसी

काठमाडौं, २ माघ। नेपाल उद्योग वाणिज्य महासङ्घ सहित निजी क्षेत्रका सङ्घ- संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य… पुरा पढौ