मुख्य समाचार

प्रभु बैंकले यसपटक लाभांश नदिने

काठमाडाैं, ७ पुष । प्रभु बैंक लिमिटेडले यसपटक सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।   बैककाे बाेर्ड बैठकले आव २०८०/८१ को लेखापरीक्षण सहित तयार गरिएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको बताइएकाे छ । वित्तीय विवरण स्वीकृत भएपछि बैकले साधारण सभा डाक्नेछ । पुरा पढौ

गरिमा समृद्धि योजनाको इकाईमा आजदेखि आवेदन खुला

काठमाडाैं, ७ पुस । गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुल फण्ड गरिमा समृद्धि योजनामा आजदेखि आवेदन खुला भएकाे छ ।।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएकाे छ । कुल इकाईबाट कुल बिक्रीकाे १४ प्रतिशत, १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे गरिमा विकास बैंकका लागि रहेकाे छ । १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडका लागि र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री गरिनेछ । यस… पुरा पढौ

नेपाल हाइड्रो डेभलपरको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडाैं, ७ पुस । नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साेमबार बुकक्लोज गर्ने भएकाे छ। लाभांश पाउन याेग्य हुनका लागि लगानीकर्ताहरूले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीकाे १८ औँ साधारण सभा पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाबाट ८ प्रतिशत बोनस शेयर र कर… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको… पुरा पढौ

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे (इलाम), ७ पुस । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् । कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बने इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज… पुरा पढौ

रामेछापमा पहेँलपुर जुनार बगैँचा-धमाधम बिक्री हुँदै

मन्थली (रामेछाप), ७ पुस । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले… पुरा पढौ

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

काठमाडौं, ७ पुस । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका… पुरा पढौ

देशमा आर्थिक र सामाजिक विकास भइरहेको छः प्रधानमन्त्री ओली

सुनसरी, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन् । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताए । “हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । बुद्धि भ्रष्ट भएमा… पुरा पढौ

एनपिएल विजेता जनकपुर बोल्ट्सलाई १ करोड १० लाख, उपविजेता सुदूरपश्चिम रोयल्सलाई ५१ लाख

काठमाडौं, ६ पुस । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा रु एक करोड दश लाखको चेक जनकपुरका… पुरा पढौ

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं, ६ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले… पुरा पढौ