मुख्य समाचार

वित्तीय साक्षरता र गरिबीको सम्बन्ध (विचार)

काठमाडौं, २० मङ्सिर । वित्तीय साक्षता कार्यक्रमहरुमा आजकल केही चल्तिका प्रश्नहरुमा छलफल हुने गरेको पाइन्छ । के कुनै पनि व्यक्तिसँग वित्तीय शिक्षा प्रर्याप्त छ भने ऊ धनी हुन्छ ? वित्तीय रुपमा साक्षर हुनु सम्पत्तिको मालिकका लागि हकदार हुनु हो । वित्तीय साक्षरता भएर पनि मान्छे किन गरिब हुन्छ ? वित्तीय साक्षरताले भरिएकाहरु किन सीमित साधन स्रोतले आफ्नो जीविका धान्न बाध्य छन् । स्वयम् साक्षरता सिकाउने व्यक्ति स्वतन्त्र छैन भने सिक्ने व्यक्ति स्वतन्त्र हुन सम्भव छ र ? त्यसो हो भने… पुरा पढौ

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७ गते चीन प्रस्थान गरेका थिए ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति… पुरा पढौ

नेप्सेमा १५.९३ अंकको गिरावट, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौं, २० मंसिर । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा रहेको छ । नेप्सेमा ०.५७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । कसल ३०७ कम्पनीहरको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ६७ लाख ९७… पुरा पढौ

भरतपुर-भूमिगत विद्युतीकरण ७० प्रतिशत सम्पन्न

चितवन, २० मङ्सिर । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ । अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए। निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण… पुरा पढौ

महिलाविरुद्धको हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं, २० मङ्सिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए । वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको जानकारी दिए । “पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत… पुरा पढौ

आजदेखि मुक्तिनाथ म्युचुअल फन्ड १ को बिक्री खुला

काठमाडौं, २० मङ्सिर । मुक्तिनाथ म्युचुअल फण्ड १ काे आजदेखि निष्काशन तथा बिक्री खुला गरिएकाे छ । याे मुक्तिनाथ क्यापिटल लिमिटेडले बिक्रीमा ल्याएकाे पहिलो म्युचुल फण्ड हाे । क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित दरले रुपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीमा ल्याइएकाे हाे । कुल इकाईमध्ये कुल बिक्री भएको इकाईको १३ प्रतिशत अथवा १ करोड ३० लाख इकाई कोषकाे प्रवर्धक रहेकाे मुक्तिनाथ विकास बैंकका लागि रहेकाे छ । यसमा २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटलका लागि… पुरा पढौ

यी तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २० मंसिर । बिहिबार तीन कम्पनीहरुकाे लाभांश सुरक्षित गर्न सकिने भएकाे छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र एनआरएनले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार भाेलि मंसिर २१ गते बुकक्लोज हुने बताएका छन् । उता फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते बुकक्लोज गर्ने जनाएकाे छ। लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर काराेबकार गरी… पुरा पढौ

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै

भद्रपुर (झापा), २० मङ्सिर । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।” तीन लाख ८५ हजार मेट्रिक टन… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाण्डौं, २० मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ… पुरा पढौ

ठमेलमा विदेशी पर्यटक देखिए पनि आर्थिक गतिविधि बढेन

काठमाण्डौं, २० मङ्सिर । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक… पुरा पढौ