मुख्य समाचार

चीनद्वारा नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा

बेइजिङ, १९ मङ्सिर । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरे। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए। सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी… पुरा पढौ

टिकटक गाइडलाइन्स विपरीतका छ हजार ७८ भिडियाे हटे

काठमाडौं, १९ मङ्सिर । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् । काठमाडाैंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन)… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङकाे भाउ घट्याे

काठमाडौं, १९ मङ्सिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ… पुरा पढौ

नेपाल-चीन सम्बन्धबारे पेकिङ विश्वविद्यालयमा आज प्रधानमन्त्री ओलीकाे प्रवचन

काठमाडौं, १९ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभएको थियो । सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग… पुरा पढौ

कोशी, गण्डकी र लुम्बिनीमा आंशिक बदली

काठमाडौं, १९ मङ्सिर । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध… पुरा पढौ

बहुराष्ट्रिय कम्पनीलाई सूचना-प्रविधिका क्षेत्रमा लगानी गर्न सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौं, १८ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उनले नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गरे । उनले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताए। टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई… पुरा पढौ

नेप्सेमा १७.८० अंकको बृद्धि, साढे ८ अर्बको कारोबार

काठमाडौं, १८ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेर ४७१.२१ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । कुल ३०७ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८१ लाख ६० हजार… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

बेइजिङ, १८ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन्। भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए । प्रधानमन्त्री ओली आफ्ना… पुरा पढौ

सीवाइसी नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौ, १८ मङ्सिर । सीवाइसी नेपाल लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखिएकाे जनाएकाे छ। लघुवित्तका शेयरधनीहरुको ८८ हजार १८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएकाे हाे। शेयर खरिदका लागि कम्पनीका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीले आजदेखि ३५ दिन भित्र शेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौं तथा पाेखरा माहनगरपालिका वडा नं ८ मा रहे कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ ।  लघुवित्तका अनुसार ताेकिएकाे अवधिसम्म संस्थापक शेयरधनीले शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने… पुरा पढौ

‘नागरिक वैज्ञानिक’ अभियानलाई देशव्यापी विस्तारमा जोड

चरिकोट (देलखा), १८ मङ्सिर । बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । एसियाली पूर्वतयारी केन्द्र (एडिपिसी) को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर) र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु) को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले सो आवश्यकतामा जोड दिएका हुन् । नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम… पुरा पढौ