मुख्य समाचार

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

बेइजिङ (चीन), २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन्। उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ पुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध… पुरा पढौ

नेपाल चीन बिजनेस समिट सम्पन्न, विदेशी लगानी बढाउने निजी क्षेत्रको प्रतिवद्धता

काठमाडौं, १९ मंसिर । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो । द्धिपक्षीय व्यापार प्रवर्द्वन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी… पुरा पढौ

यस्ताे छ प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे दुबै देशद्वारा जारी संयुक्त वक्तव्य

बेइजिङ, १९ मङ्सिर । नेपाल र चीनले दुवै देशबीच पारिस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन् । चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेट गरे । भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई सुदृढ र गहिरो बनाउन, आपसी चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल भएको जनाइएको छ । त्यसअवसरमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ… पुरा पढौ

नेप्सेमा करेक्सन, कारोबार ९ अर्ब १३ करोडमा सिमित

काठमाडौं, १९ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा राताको लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३२० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ३ लाख ३२ हजार ६६… पुरा पढौ

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

बेइजिङ, १९ मङ्सिर । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भने।… पुरा पढौ

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ (ताप्लेजुङ), १९ मङ्सिर । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए। याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा… पुरा पढौ

आस्थाको केन्द्र माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

फिक्कल (इलाम), १९ मङ्सिर । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र… पुरा पढौ

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

बेइजिङ, चीन १९ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण… पुरा पढौ

गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयर आजदेखि खुला

काठमाडौं, १९ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयरमा आजदेखि आवेदन खुल्ला गरिएकाे छ । शेयरमा वैदेशिक राेजगारमा गएका नेपालीले आवेदन पाउनेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर खुलाउन अनुमति लिएकाे थियो । यसमा २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रहेकाे छ ।  कर्मचारीका लागि ६७ हजार ५०० कित्ता शेयर रहेकाे छ । १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी… पुरा पढौ

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित

झापा, १९ मङ्सिर । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ । नीतिगत अन्योलका कारण निर्यात रोकिँदा… पुरा पढौ