काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरे। महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उनलाइ स्मरण गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताए । महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेखे, “आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी कविता हरफले जस्तोसुकै…
पुरा पढौ