मुख्य समाचार

नेप्सेमा ९.१९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, ११ कात्तिक । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा रहेको छ । नेप्सेमा ०.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा भने रातो लागेको छ । कुल ३२० कम्पनीहरुको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब… पुरा पढौ

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : निधि

जनकपुर, ११ कात्तिक । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आज बिहान जनकपुरधाम विमानस्थलमा राससकर्मीसँग कुरा गर्दै उनले सो आरोप लगाए । उनले भने, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।” सरकारले पुनःजनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई तीन दिनदेखि सुन्दै… पुरा पढौ

जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताएका छन् । युवासङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए । “विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने… पुरा पढौ

लाभांश पारित गर्न सानिमा बैंकले डाक्याे साधारण सभा

काठमाडाै‌, ११ कात्तिक । सानिमा बैंकले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि प्रस्ताव गरिएकाे साे लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारण सभा डाकेकाे हाे । साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्त्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विभिन्न विषयहरूमाथि छलफल गरी… पुरा पढौ

सुनमा फेरि नयाँ रेकर्ड-तोलाको १ लाख ६७ हजार ४ सय

काठमाडौं, ११ कात्तिक । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय वित्त बजारमा परेको प्रभावको कारण यहाँ पनि सुनचाँदीको भाउमा असर गरेको हो । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ रूपैयाँ १४ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा यसदिन रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६७ हजार ४ सय पुगेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६६ हजार… पुरा पढौ

वीरगञ्ज नाकाबाट घट्यो आयात-निर्यात

वीरगञ्ज (पर्सा), ११ कात्तिक । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए । प्रमुख… पुरा पढौ

अहिलेसम्मकै धेरै लाभांश वितरण गर्दै युनिलिभर, भाेलि एजिएम

काठमाडौं, ११ कात्तिक । युनिलिभर नेपालले अहिलेसम्मकै धेरै लाभांश वितरण गर्ने भएकाे छ । यसका लागि कम्पनीले सोमबार भाेलि कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीका अनुसार साधारण सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह साढे ४ बजे डाकिएकाे छ । सभाबाट १७ सय १४ प्रतिशत नगद लाभांश वितरणकाे प्रु्ताव अनुमाेदन गरिने भएकाे छ । युनिलिभर नेपालले वितरण गर्न फागेकाे याे नगद लाभांश अहिलेसम्मकै बढी हो ।    साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदन… पुरा पढौ

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

बागमती, ११ कात्तिक । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा… पुरा पढौ

विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिमा उपयोग गर्न अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, ११ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रममा उनले नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदाको अधिकतम उपयोग गरेर ‘समेद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त… पुरा पढौ