मुख्य समाचार

सानिमा जीआइसी इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

काठमाडौं, २३ असाेज । सानिमा जीआइसी इन्स्याेरेन्सको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरिएकाे छ । इन्स्याेरेन्सले ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हाे। लिलामी सेयर खरिदका लागि संस्थापक सेयरधनीहरू, व्यक्ति, कम्पनी र संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उनीहरूले घटीमा २५० रुपैयाँ र त्याेभन्दा माथिकाे मूल्य कबोल गरेर शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ ।  सेयर खरिद गर्न चाहने लगानीकर्ताले घटीमा ७ हजार कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् ।… पुरा पढौ

सानिमा बैंकद्वारा लाभांश घाेषणा, कति दिदैछ ?

काठमाडौं, २३ असाेज । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हाे । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । समितिले प्रस्ताव गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सानिमा बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ ।  बैंकले हाल कायम रहेकाे रूपैयाँ १३ अर्ब ५८ करोड १५ लाख चुक्ता पुँजीबाट साे लाभांश प्रस्ताव गरेको हो । गएकाे वर्षमा बैंकले… पुरा पढौ

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन २ सय उडान

सोलुखुम्बु, २३ असोज । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । हवाईजहाजबाट एक सय… पुरा पढौ

युनिलिभर र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, २३ असाेज । आज दशैं अघिको अन्तिम कारोबार हुने दिन हाे । यसदिन युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनलकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ। युनिलिभर नेपाल साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि युनिलिभर नेपालले असोज २८ गतेदेखि बुकक्लोज हुने जनाएकाे छ । सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोजमने मिति तय गरेकाे छ । असोज २४ गतेदेखि असोज २८ गतेसम्म दशैँ बिदा हुने भएकाेले शेयर कारोबार बन्द हुने भएको छ । दुबै कम्पनीहरुको बुकक्लोज अघि हुने… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्याे, यूरो बढ्यो, अन्यकाे कति ?

काठमाडौं, २३ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । हिजो युरोपियन युरो एकको खरिददर एक सय… पुरा पढौ

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २३ असोज । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख… पुरा पढौ

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी, २३ असोज । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे। “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो”, उनले भने, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको,… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, साढे ४ अर्बकाे काराेबार

काठमाडौं, २२ असोज । साताकाे सेयर काराेबार हुने तेश्राे दिन शेयर बजारमा करेक्शन भएकाे छ । आज बजार बन्द हुँदाकाे समयमा नेप्सेमा दाेहोरो अङ्कको गिरावट भएकाे छ । काराेबार रकम पनि अन्य दिनकाे तुलनामा घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अङ्कले ओरालो लागेर चार सय ८० दशमलव २३… पुरा पढौ

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पाैडेल

काठमाडौं, २२ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्धमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न क्रियाशील रहेको बताएका छन्। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६औँ क्षेत्रीय परिषद्को आज उद्घाटन गर्दै उनले समयानुकूल श्रमिकको न्यूनतम पारिश्रमिक समायोजन गर्ने नीति कार्यान्वयन हुँदै आएको बताए। कार्यस्थलमा भोग्नुपर्ने समस्या नयाँ रुपमा प्रकट भएको बताउँदै उपप्रधानमन्त्री पौडेलले श्रमिकका समस्या विश्वभर एकै किसिमका भएकाले समाधानका लागि सामूहिक प्रयास जरुरी छ भने। नेपालको संविधानले कानुनबमोजिम ट्रेडयुनियन… पुरा पढौ

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

काठमाडौं, २२ असाेज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पूँजी समायोजन कोषबाट ५.५ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे । बैंकको हिजाे बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत बोनस दिने घाेषणा गरेकाे हाे ।  सञ्चालक समितिले गरेकाे साे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंककाे आगामी १८ औं वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने छ । पुरा पढौ