मुख्य समाचार

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्रनुस्

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस… पुरा पढौ

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं, २१ असोज । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे । उनीहरुले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ गएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका… पुरा पढौ

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौं, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए। आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको… पुरा पढौ

प्रधानमन्त्री उद्धार कोषमा एमाले र कांग्रेसद्वारा १ कराेड सहयोग

काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे। प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे। एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त… पुरा पढौ

नेप्सेमा छायो हरियाली: ६ अर्ब बढीको कारोबार

काठमाडौं, २० असोज । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । धेरै दिनपछि हरियाली छाउँदा लगानीकर्ताहरु उत्साही भएका छन् । चाडपर्वको समय र बडादशैं नजिकिएको बेलामा नेप्सेमा अर्धसतक पार गरेकाे उकालोको यात्राले बजार अब सकारात्मक बन्ने अपेक्षा गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.७५ अंकल बढेर ४७६.४६ विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमा… पुरा पढौ

अर्थ मन्त्रालयद्वारा अर्थतन्त्रमा परेको प्रभाव र स्रोत व्यवस्थापनबारे गृहकार्य सुरु

काठमाडौं, २० असोज । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही असोजको दोस्रो साता आएको बाढीपहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनःनिर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा… पुरा पढौ

नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत

काठमाडौं, २० असोज । नेपाल र बङ्गलादेशबीच भएको विद्युत विक्री सम्झौता (पिएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बङ्गलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमबीच भएको यो सम्झौतालाई ऐतिहासिक सम्झौताको रुपमा इप्पानले… पुरा पढौ

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड सहयाेग

काठमाडौं, २० असोज । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरे। बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे। उनले कसैको अनुहार नहेरी… पुरा पढौ

आँखुखोला जलविद्युतकाे लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडाैं, २० असाेज । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले बिक्ररीमा ल्याएकाे हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असोज ११ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट पहिले बिक्री हुन बाँकी हकप्रद शेयरका लागि बोलपत्र पेश गर्न आव्हान गरेकाे थियाे । कम्पनीले १ बराबर १.५ काे रेसियाेमा निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद शेयरमा आवेदन नदिएर बाँकी रहेकाे हकप्रद शेयरलाई लिलाम बिक्रीमा ल्याएकाे हो। सेयरमा लगानी गर्न चाहने इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले १७ लाख ५० हजार २४८ कित्ताका… पुरा पढौ

पछिल्लाे समय अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

पाेखरा, २० असोज । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार यो यामको… पुरा पढौ