मुख्य समाचार

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

म्याग्दी, २३ भदौ। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको हो । एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइसकेको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताउनुभयो । “डाडाखेत सवस्टेशनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,” उहाँले भन्नुभयो, “डाडाखेतदेखि राहुघाट जोड्ने २५… पुरा पढौ

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ (आलेख)

सोलुखुम्बु, २३ भदौ। रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ । यस घटनाले हिमताल विस्फोट मात्रै नभई हिमपहिरो, पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षाजस्ता कारणबाट पनि हिमाली क्षेत्रमा एक्कासि ठूलो विपद् निम्त्याउन सक्ने देखाएको छ । सगरमाथाको जिल्ला सोलुखुम्बु पनि यस्ता जोखिमबाट अछुतो छैन । जिल्लाको खुम्बु क्षेत्रमा विगतमा हिमताल विस्फोट तथा त्यसबाट उत्पन्न बाढीका घटना भइसकेका छन् । सन्… पुरा पढौ

अब त्यस्तो दिन दोहोरिनुहुँदैन-पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं, २३ भदौ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ । ‘जेनजी’ आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जालमार्फत उहाँले निर्दाेष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री कार्कीले आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनु परेको… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडाैं, २३ भदाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) को १५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २३ गते, मंगलबारका लागि बुकक्लोज गरेसँगै नेप्सेले bonus share समायोजन पछि नयाँ मूल्य ४५८ रुपैयाँ २६ पैसा कायम गरेको हो। नेप्सेले अघिल्लो कारोबार दिन (सोमबार) दोस्रो बजारमा कायम अन्तिम कारोबार मूल्य रु. ५२७ का आधारमा यो मूल्य समायोजन गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर भदौ… पुरा पढौ

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्याे एजिएम

काठमाडाैं, २३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा आउँदो असोज १६ गते, शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभामा बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिनेछ।… पुरा पढौ

आज अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २३ भदौ। नेपाल राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आज मङ्गलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि राष्ट्र बैङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो… पुरा पढौ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

काठमाडौं, २३ भदौ। सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई फेसबुक रिलमा ‘अपलोड’ गरेका थिए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेविरुद्ध प्रहरीले आक्रमक रुपमा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २३ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा कायम… पुरा पढौ

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक विदा

काठमाडौ, २३ भदौ । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । पुरा पढौ

मत परिणाम स्विकार्दै अर्जुन पोखरेलले भने-‘व्यवसायीको हितका लागि सहकार्य जारी रहनेछ’

पोखरा, २२ भदाै। पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका अर्जुन पोखरेलले निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्दै विजेता टोली तथा उद्योगी-व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला नेतृत्वकाे रूपमा शोभा गौतम अध्यक्ष पदमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले लोकतान्त्रिक प्रक्रियाबाट आएको नतिजालाई आत्मसात् गरेको बताउनुभयो। पोखरेलले व्यक्त गर्नुभएका मुख्य विषयहरू: लोकतान्त्रिक अभ्यासको सम्मान: पोखरेलले चुनावी प्रतिस्पर्धामा हार-जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचन प्रक्रियालाई सफल बनाउन सहयोग… पुरा पढौ