मुख्य समाचार

भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं, १० भदौ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।… पुरा पढौ

रसुवा बाढीको धक्का शेयर बजारमा: नेप्से ३५.९२ अंकले घट्यो, पाैने ५ अर्बकाे काराेबार

काठमाडौं, १० भदाै। रसुवामा आएको आकस्मिक बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनाहरूमा क्षति पुगेको खबरसँगै त्यसको प्रत्यक्ष असर बुधबारको शेयर बजारमा देखिएको छ। बाढीको खबर सार्वजनिक भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरूको शेयरमूल्यमा तीव्र गिरावट आएको छ। नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा ओर्लिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.०० अंक, फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंकले घटेका छन्। जलविद्युत शेयरमा पहिरो बाढी प्रभावित क्षेत्रमा आयोजना रहेका जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको बिक्री… पुरा पढौ

भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर परिचालन

काठमाडौं, १० भदौ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको छ र निजी क्षेत्रका आठ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । ती हेलिकप्टरले आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पु¥याउने छन् । सेनाले घाइतेको उपचारका लागि दुई जना… पुरा पढौ

प्रतिनिधिसभा बैठक-राष्ट्रिय विपद् घाेषणा गर्न माग(Live)

काठमाडाैं, १० भदाै । प्रतिनिधिसभा बैठक बसेकाे छ। बैठकमा भाेटेकाेशीमा आएकाे बाढीले पुर्याएकाे क्षेतीकाे बारेमा छलफल भइरहेकाे छ । सांसदहरूहरूले राष्ट्रिय विपद् घाेषणा गर्न माग । बैठकमा सांसदहरूले यथासिघ्र उद्धार तथा पुनस्थापनाकाे कार्यमा लाग्न अनुराेध गरेका छन् । सांसद अर्जुनर सिंह केसीले बाढीग्रस्त क्षेत्रमा सरकारकाे उपस्थिति दरिलाे बनाउन माग गर्नुभयाे । उहाँले सरकारले सबै दल र सबै तह तप्कालाई समेटेर उद्धारमा खटिन अपिल गर्नुभयाे । https://youtu.be/HMCA2WyAMF4 पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने

काठमाडौं, १० भदौ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागिएको जनाइएको छ । मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको… पुरा पढौ

भोटेकोशी बाढी: हालसम्म १२ जनाको उद्धार

काठमाडौं, १० भदौ। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो । उक्त क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा… पुरा पढौ

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं, १० भदौ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्क विहीन हुनुभएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आउनुभएको छ । सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ… पुरा पढौ

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा

काठमाडौं, १० भदौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि दुई दिनका लागि अनलिमिटेड भ्याइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो । टेलिकमले आजै… पुरा पढौ

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च, सावधानी अपनाउन आग्रह

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ । शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु)… पुरा पढौ

नाडा अटो शो-अप्रिलिया स्कुटर ‘एसआर १७५’ सार्वजनिक

काठमाडौं, १० भदाै। नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नाडा अटो शो २०२६ को अवसर पारेर बहुप्रतिक्षित शक्तिशाली स्कुटर ‘अप्रिलिया एसआर १७५’ नेपाली बजारमा भित्र्याएको छ। भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमार्फत कम्पनीले यस स्कुटरको बिक्री–वितरण तथा बुकिङ खुला गरेको हो। डेल्टा अटोकर्पले नयाँ एसआर १७५ को मूल्य रु ४ लाख ५६ हजार ५०० तोकेको छ। नाडा अटो शोको अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले रु २८ हजार नगद छुटको विशेष योजना समेत सार्वजनिक गरेको छ।… पुरा पढौ