मुख्य समाचार

भेनियर उत्पादनसँगै रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी, २२ भदौ। घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ । वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेत भन्नुहुन्छ, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु ।” उद्योगले गाउँमै रोजगारी दिएपछि परिवारको आर्थिक आवश्यकता पूरा गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु । यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २२ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०९ पैसा कायम… पुरा पढौ

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं, २२ भदौ। भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा विद्युत् पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ । यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१… पुरा पढौ

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओका लागि ६ जनाकाे नाम सर्टलिस्टमा

काठमाडौं, २१ भदाै। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार छनोट (सर्टलिस्ट) मा परेका छन्। अर्थ मन्त्रालयद्वारा गठित नाम सिफारिस समितिले उम्मेदवारहरूको योग्यता र अनुभवका आधारमा संक्षिप्त सूची सार्वजनिक गरेको हो। दरखास्त पेस गरेका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव तथा व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गर्दा उच्चतम अङ्क प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरिएको समितिले जनाएको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरू: पिताम्बर भण्डारी (गुल्मी) प्रताप सुवेदी (काठमाडौँ) महेश रिमाल (काठमाडौँ) विक्रान्त आचार्य (काठमाडौँ) समता पन्त (काठमाडौँ)… पुरा पढौ

प्रत्यक्ष वैदेशिक लगानी साढे ७ अर्बमा सिमित: राष्ट्र बैंक

काठमाडौं, २१ भदाै। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)–२०२४/२५’ सम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार समीक्षा वर्षमा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी (नेपाल भित्रिएको एफडीआई) रु. ७.५ अर्बमा सीमित भएको छ। आर्थिक वर्ष २०२४/२५ मा कुल १२ अर्ब रुपैयाँ एफडीआई प्रवाह (Gross FDI Inflow) भएको थियो। तर लगानीकर्ताले लाभांश तथा लगानी फिर्ता (Repatriation) बापत लगानीको ३९.२ प्रतिशत अर्थात रु. ४.७ अर्ब फिर्ता लगेपछि खुद एफडीआई प्रवाह रु. ७.५ अर्ब कायम भएको हो। खुद प्रवाहसँगै २०२५ जुलाईको मध्यसम्म नेपालमा कुल प्रत्यक्ष… पुरा पढौ

अहिलेसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्ने बैंक बन्यो गरिमा

काठमाडौं, २१ भदाै। आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गर्ने क्रमसँगै शेयर बजारका लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ। अहिलेसम्म सार्वजनिक लाभांश सूचीमा गरिमा विकास बैंक सबैभन्दा धेरै प्रतिफल घोषणा गर्ने बिकास बैंक बनेको छ। सूचीकृत कम्पनीहरूले बोनस र नगद लाभांश मिलाएर लगानीकर्तालाई आकर्षित गर्ने प्रयास गरे पनि सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूको प्रतिफल भने समग्रमा खस्किएको छ। विकास बैंक र जलविद्युतमा उत्साह, वाणिज्य बैंकको प्रदर्शन सन्तुलित गरिमा विकास बैंकले अघिल्लो वर्षको १०.५३ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि गर्दै १० प्रतिशत… पुरा पढौ

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

जुम्ला, २१ भदौ। जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ । उक्त निर्माण हुन लागेको जलविद्युत्को लागत करिब रु सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित गिडीखोला जलाशययुक्त जलविद्युत् आयोजनाको सरोकारवालासँगको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तक्र्रिया कार्यक्रममा सो जलविद्युत्बारे जानकारी दिनुभयाे । आध्यनत फन्ड म्यानेमजेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिडीदहको जलाशययुक्त जलविद्युत्… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २१ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम… पुरा पढौ

पोखराको पर्यटन जोगाउन निजी क्षेत्र चिन्तित, पोखरा सुरक्षित रहेको सन्देश फैलाउन जोड

कास्की, २१ भदौ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा पर्न थालेको भन्दै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार आयोजित उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीहरूले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्। बाढीका कारण पूरै देश नै असुरक्षित बनेको जस्तो गलत र नकारात्मक सन्देश… पुरा पढौ

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं, २० भदौ। नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत् केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ । प्रलयकारी विपद्को यस दुःखद् घडीमा अर्थहीन सल्लाह दिने, नकारात्मक टीकाटिप्पणी गर्ने र विशेषगरी सरकारले केही गरेन भन्ने भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहको अवस्थामा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट पछिल्लो दुई दिनमा चार जनाको जीवितै उद्धार गरिएको हो । नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको दुई जना… पुरा पढौ