मुख्य समाचार

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौं, २० भदौ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रु एक अर्ब बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र… पुरा पढौ

म्याक्सस नेपालद्वारा विपद् प्रभावितलाई ८० लाख बराबरको राहत सहयोग

काठमाडौं, २० भदाै । म्याक्सस चाइनाको सहयोग तथा नेपालको हिमालय अर्गनाइजेसनको समन्वय र सहयोगमा म्याक्सस नेपालले हालैको विपद्‌बाट प्रभावित समुदायका लागि करिब ८० लाख बराबरको राहत सहयोग प्रदान गरेको छ। कम्पनीले प्रत्यक्ष आर्थिक सहयोगसहित दिगो स्वच्छ खानेपानी व्यवस्थापन र आवश्यक खाद्यान्न तथा जिन्सी सामग्रीहरू वितरण गरेको हो। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको हो: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग: MAXUS Nepal ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. ५० लाखको चेक केही दिनअघि माननीय अर्थमन्त्रीलाई हस्तान्तरण… पुरा पढौ

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै

चितवन, २० भदौ। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् । सङ्घका पूर्वअध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिण्डर कम छ । संघीय राजधानीमा… पुरा पढौ

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम, २० भदौ। परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाउनुभएको छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आउनुभएको छ । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले १८ रोपनी बारीमा ३०० वटा रुद्राक्षका बोट रोप्नुभएको छ । विस २०७३ सालमा सङ्खुवासभाबाट प्रतिगोटा रु २०० का दरले बिरुवा खरिद गरेर रुद्राक्ष रोपेको उहाँले बताउनुभयो ।… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २० भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम… पुरा पढौ

भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं, २० भदौ। श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा… पुरा पढौ

आईएमई लाइफको पौने ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १९ भदाै । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार यो सेयर खरिदका लागि हाललाई विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूलाई सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्न समय दिइएको छ। आवेदन दिने प्रक्रिया: योग्यता: कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू। समयसीमा: सूचना जारी भएको मितिले ३५ दिनभित्र। स्थान: कम्पनीको कर्पोरेट कार्यालय, लैनचौर, काठमाडौँ। तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक… पुरा पढौ

सानिमा बैंकले डाक्याे २२ औं एजिएम, लभांश पारित गरिने

काठमाडौं, १९ भदाै । सानिमा बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने गरी सभा डाकेको हो। सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीहरूका लागि चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ। त्यसैगरी, अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) सेयर बाँडफाँट भएको मितिदेखि… पुरा पढौ

एफडिआई ३ खर्ब ४० अर्ब, बागमतीमै ६४ प्रतिशत लगानी

काठमाडौं, १९ भदाै । आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को अन्त्यसम्ममा नेपालमा कुल वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) अघिल्लो आर्थिक वर्षको तुलनामा २.१ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ४० अर्ब (रु. ३३९.८५ अर्ब) पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको 'वैदेशिक प्रत्यक्ष लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८१/८२' अनुसार कम्पनीहरूको चुक्ता पुँजी तथा सञ्चित कमाइमा भएको वृद्धिका कारण लगानीको कुल आकार बढेको हो। समीक्षा वर्षमा कुल वैदेशिक प्रत्यक्ष लगानी भित्र्यावट १२ अर्ब रुपैयाँ रहे पनि लगानी लाभांश तथा… पुरा पढौ

सुरुङमा फसेका २ जनाको जीवितै उद्धार भएपछि थप आशा बढ्याे: गृहमन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन । आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उनले उद्धार टोली अझै पनि सबै सुरुङमा… पुरा पढौ