मुख्य समाचार

निजी क्षेत्रको माग सम्बोधन गर्न प्रतिबद्ध छाैं: अर्थमन्त्री पाैडेल

काठमाडौं, ५ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा बाेल्दै उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताए । उनले भने, “सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष… पुरा पढौ

गत आवमा २४ हजार पर्यटकद्वारा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन

बर्दिया, ४ साउन। पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए। निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९-८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।… पुरा पढौ

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा रहेकाे छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझावपत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने बताए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ । ”… पुरा पढौ

झापाको पुँजीगत खर्च ८७ प्रतिशत पुग्याे

झापा, ४ साउन । गत आर्थिक वर्ष २०८०/०८१ काे अवधिमा झापाको पुँजीगतर्फ ४ अर्व ८० करोड २३ लाख ५४ हजार ४ सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ रु पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । “चालुतर्फको विनियोजित रु १५ अर्ब ४९ करोड ३५ लाख ७५… पुरा पढौ

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति लचिलाे हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्। आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको स्पष्ट पारे । उनले भने, “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको… पुरा पढौ

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ: मन्त्री खड्का

काठमाडौं, ४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन्। प्राधिकरणका अध्यक्ष समेत रहेका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए । “किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ ?, हिँउद याममा बिजुली पु¥याउनेगरी… पुरा पढौ

अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न मन्त्रालयकाे आग्रह

काठमाडौं, ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमित बाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरे। मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ कार्यन्वयनमा ल्याएको छ । उनले कार्यविधि अनुसार सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन आग्रह गरे।… पुरा पढौ

यसकारण आज सार्वजनिक भएन मौद्रिक नीति

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आज बिहिबार सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति एक्कासी राेकिएकाे छ। सार्वजनिक गर्ने समपुर्ण तयारी गरिएको भनिएपनि विशेष छलफलकाे कारण भन्दै राेकिएकाे हाे। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए । यसैका लागि बिहान बोर्ड बैठक पनि डाकिएकाे थियाे।  बोर्डमा माैद्रिक नीतिका बारेमा थप छलफल गर्नका लागि समय लाग्ने चाहिएकाे बताइए पनि डा. युवराज खतिवडा प्रधानमन्त्री केपि शर्मा ओलीका आर्थिक सल्लाहकारमा नियुक्त भएकाे… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५५ पैसा र बिक्रिदर १… पुरा पढौ

सूर्योदय वोमी लघुवित्तकाे आजदेखि एफपीओ बिक्री खुला

काठमाडाैं, ४ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ बिक्री खुला गरेकाे छ । साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत पूँजी संरचना थियो। सोही पूँजी संरचना कायम गर्न एफपीओ जारी गरिएकेा हाे । संस्थाले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गरेकाे हो। यसमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म पूरा… पुरा पढौ