मुख्य समाचार

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा, सतर्कता अपनाउन अनुराेध

काठमाडाैं, ७ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। साउन ०७ गते (सोमबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत प्राप्त

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराए । मतदानमा कुल दुई सय ६३ सदस्यले भाग… पुरा पढौ

जनताकाे उत्साहलाई मर्न दिइने छैन: प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले नयाँ सरकार गठनसँगै जनतामा उत्साह वृद्धि भएको उल्लेख गर्दै त्यो उत्साहलाई मर्न नदिने स्पष्ट गरे। राष्ट्रिय सहमतिको सरकार गठनका लागि… पुरा पढौ

नेप्सेमा फेरि छायो हरियाली, १५ अर्ब बढीको कारोबार

काठमाडौं, ६ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । अर्थमन्त्रीमा एमालेबाट विष्णु पौडेलले कार्यभार सम्हालेको भोलिपल्टदेखि उकालो लागेको सेयर बजारको यात्रा उकालोतिरै लम्किरहेको छ । सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको हौसला बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.५४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.५३ अंकले बढेर ४४९.६८ विन्दुमा पुगेको छ । १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ… पुरा पढौ

उद्योग मन्त्रालयको १० दिने सुझाव सङ्कलन अभियान सुरु

काठमाडौं, ६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थालेका छन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रियाको आज पहिलो दिन निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेका हुन। मन्त्रालयमा नै सञ्चालन हुने १० दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने मन्त्री भण्डारीले जानकारी गराए । उनले कार्ययोजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने बताए ।… पुरा पढौ

यस्तो छ कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति

काठमाडौ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सातबुँदे सहमति गरेर सहकार्यको थालनी गरेको सदनलाई जानकारी गराए । उनले सदनलाई जानकारी गराएको सहमतिका सातवटा बुँदा यसप्रकार रहेका छन् । १) आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई… पुरा पढौ

जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री ओली (Live)

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताए । “जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो”, प्रधानमन्त्री ओलीले भने । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उनले प्रतिवद्धता… पुरा पढौ

एन आई सी एशिया बैंक २७ औं वर्षमा

काठमाडाैं, ६ साउन । एन आ ईसी एशिया बैंक लिमिटेड आजदेखि २७ औं वर्षमा प्रवेश गरेकाे छ। २७ वर्ष अघि आजकै दिन शुरू भएको बैंक हाल देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बन्दै अघि बढिरहेकाे छ । बैंकले हालसम्म अनवरत अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अाभार ब्यक्त गरेकाे छ । बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक,… पुरा पढौ

राहुघाट जलविद्युतकाे मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले राससलाई बताए। “छ हजार दुई… पुरा पढौ

कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित

काठमाडाैं, ६ साउन । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको छ । बैंकले बित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा… पुरा पढौ