मुख्य समाचार

मुद्दति निक्षेपमा ४५ करोड लगानी गर्दै राष्ट्र बैंक, आज साँझ ७ बजेसम्म आवेदन दिन सकिने

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा ४५ करोड लगानी गर्ने भएकाे छ। बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे । बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म १ वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेकोले यसमा सहभागि हुन अनुराेध गरेकाे छ । मुद्दति निक्षेप लिनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आज बेलुका साँझ ७ बजेभित्र आफूले लिन चाहेको रकम र प्रस्ताव… पुरा पढौ

राष्ट्रियसभा : बाढीपीडितलाई समयमै राहत दिन माग

काठमाडौं, २० असार । राष्ट्रियसभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए । राष्ट्रियसभा सदस्य सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन् । उनले गत कात्तिकमा जारजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई हालसम्म राहत उपलब्ध नगराएको, पालमुनी बस्दा दैनिक जीवन कष्टकर बनेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद शारदादेवी भट्टले सरकार… पुरा पढौ

रास्वपा प्रधानमन्त्रीकाे साथमा, मन्त्रीहरु राजीनामा नदिई फर्किए

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस… पुरा पढौ

बिहिबार सुनमा १६ सयले बृद्धि, चाँदी पनि बढ्यो

काठमाडौं, २० असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा एकैदिन रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ ४० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर… पुरा पढौ

वलेफी हाइड्रोपावरकाे एसजिएम आज हुँदै, कस्ता छन् एजेण्डा ?

काठमाडौं, २० असार । वलेफी हाइड्रोपावरको विशेष साधारण सभा आज बस्दैछ । कम्पनीकाे साधारण सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रालि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा कम्पनीका सञ्चालकहरुकाे नियुक्ति गरिने विशेष प्रस्ताव पेश गरिने भएकाे छ । यस्तै कर्जाकाे सुविधा स्वीकृतिका बारेमा छलफल गरिने भएकाे छ ।  कम्पनीले साधारण सभाकाे प्रयोजनार्थ असार ११ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरुले असार १० गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरो लयागत अन्यको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा… पुरा पढौ

रास्वपा महामन्त्री डा ढकाल १ हप्ताका लागि निलम्वनमा

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्वन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्वन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो । “केन्द्रीय समितिको बैठकमा उनले पार्टीको अनुशासन विपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँडेकाेले उहनलाई निलम्वन… पुरा पढौ

सशस्त्रद्वारा रु ११ करोड बढीकाे विल नभएका सामान बरामद

भद्रपुर (झापा), २० असार । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए। उनका अनुसार रु एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, रु… पुरा पढौ

आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं, २० असार । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ । उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत रूपमा पछि भन्न सकिन्छ ।” सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुरा पढौ

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन: सिआइबी

काठमाडौं, २० असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीले आज एक विज्ञप्ति जारीगरी विभिन्न व्यक्तिहरुको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएका समाचार सामग्रीको खण्डन गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सिर्जना गरी अराजकता फैलाउने… पुरा पढौ