मुख्य समाचार

सातै प्रदेशमा मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको जनाएकाे छ। देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।  असार २७ गते (बिहीबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र… पुरा पढौ

पहिरोले बगाएको २ वटा बस त्रिशूलीमा बेपत्ता, उद्धार जारी

चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४… पुरा पढौ

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब १ अर्ब नाघ्याे

काठमाडाैं, २७ असार । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ ।  नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो।  ग्लोबल आइएमई बैंक निक्षेपका… पुरा पढौ

६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

काठमाडौं, २७ असार । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौैं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताए। “बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र… पुरा पढौ

जाल्पा सामुदायिक र किसान लघुवित्तको आजदेखि एकीकृत कारोबार शुभारम्भ

काठमाडौं, २७ असार । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त बित्तिय संस्था एक आपसमा गाभिएर आज असार २७ गतेबाट एकीकृत कारोबार सुरु भएको छ। दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार समेत सुरु भएको बताइएकाे छ । प्रमुख अतिथि नेपाल रास्ट्र बैंकका डिपुटी गभर्नर बमहादुर मिश्रले एकीकृत कारोबारको आज शुभारम्भ गरेका हुन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका… पुरा पढौ

नेप्से २२०४.६१ विन्दुमा उक्लियो, ७ अर्ब बढीको कारोबार

काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा उभार आएको छ । नेप्से परिसूचक २२ सयको विन्दु क्रस गरेको छ । नेप्सेको उकालोको यो यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । अर्थ बजारमा सुधार आउने र मौद्रिक नीति पनि बजारमैत्री आउने चर्चा भईरहँदा लगानीकर्ताहरु सकारात्मक परिणामको पखाईमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर ३९१.६६ विन्दुमा रहेको… पुरा पढौ

चितवनमा १ अर्ब लगानीमा बन्ने ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ काे शिलान्यास

चितवन, २७ असार । चितवनकाे रत्ननगरमा १ अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण हुने भएकाे छ । शिक्षा उद्यमी उमेश श्रेष्ठ र भाटभटेनी डिपार्टमेन्टका अध्यक्ष मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए। उत्पादित उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले… पुरा पढौ

सुदूरपश्चिम प्रदेशमा सिटिजन्स बैंकका ३ वटा शाखा थपिए

काठमाडौं, २७ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा थप ३ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा, महाकाली दार्चुला र कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकको १ सय ९७ वटा शाखाहरु पुगेका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेकाे बताइएकाे छ । बैंकको मुख्य कार्यालय काठमाडाैंमा आज… पुरा पढौ

बिहिबार सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ४४ जहार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको… पुरा पढौ

आर्थिक र वित्तीय सूचकको अवस्था सकारात्मक छ: राष्ट्र बैंक

काठमाडौं, २७ असार । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् । अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत… पुरा पढौ