मुख्य समाचार

नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

काठमाडौं, २ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए। कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै… पुरा पढौ

निजी क्षेत्र प्रोत्साहित हुने नीति ल्याईन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पारे। महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासङ्घले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । निजी क्षेत्रविना… पुरा पढौ

स्थायित्वको आशा र लगानीकर्तामा उत्साह बढ्याे-अध्यक्ष ढकाल

काठमाडौं, १ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताएका छन् । अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।… पुरा पढौ

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताए। “सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ”, उनले भने। सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत… पुरा पढौ

नेप्सेमा ७०.१८ अंकको उछाल, ९ अर्ब बढीको कारोबार

काठमाडौं, १ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा उछाल आएको छ । देशले नयाँ अर्थमन्त्रीमा विष्णु पौडेललाई पाए लगत्तै सेयर बजारमा सकारात्मक लय देखिन थालेको छ । अर्थमन्त्री पौडेल सेयर बजारमैत्री ब्यक्तित्व भएकोले पनि लगानीकर्ताहरुको मनोबल बढेको बुझिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ । यसरी बढेको नेप्से २३१० विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ विन्दुमा उक्लिएको छ ।… पुरा पढौ

आव २०८०/८१ समीक्षाः सरकारको आय- व्यय लक्ष्यको तुलनामा निकै कम देखियाे

काठमाडौँ, १ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख… पुरा पढौ

अतिक्रमित जग्गामा बन्याे ‘हाइटेक नर्सरी’

बाँके, १ साउन । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन माओवादीले मुक्त कम्लहरीको बस्ती बसाएको थियो । उक्त जग्गालाई यही आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट पूर्व सामाजिक विकासमन्त्री नमूना केसी, सोही वडाका वडाध्यक्ष लगायत विभिन्न राजनीतिक दलका नेता र प्रहरी प्रशासनको रोहवरमा फुकुवा गरी ३० लाख ३४ हजारको लागतमा डिभिजन वन कार्यालय बाँकेले हाइटेक नर्सरी निमार्ण गरेको शम्शेरगञ्ज सब डिभिजन वन… पुरा पढौ

सिद्धार्थ हस्पिटालिटीले आइपीओ जारी गर्ने

काठमाडौँ, १ साउन । सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त समेत गरेको छ । सिद्धार्थ ग्रुप अन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी 'सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् । मंगलबार विहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

मुस्ताङका बिभिन्न ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी, १ साउन । मुस्ताङका बिभिन्न् ६ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए । “मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ”, उनले भने। घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा रु ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ… पुरा पढौ

आँखुखोला जलविद्युतको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १ साउन । आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले हकप्रद सेयर निष्काशनका् प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएकाे हाे । नेप्सेका अनुसार आज कम्पनीको १५० प्रतिशत हकप्रद सेयर समायोजन भएकाे हाे । समायोजनपछि नयाँ सेयरमूल्य रु १४८ कायम भएको छ। याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा गरिएकाे हाे । अघिल्लो दिन सोमबार कम्पनीको सेयर प्रतिकित्ता रुपैयाँ २२० मा अन्तिम कारोबार भएको थियो। कम्पनीले जनाए अनुसार प्रतिकित्ता रुपैयाँ… पुरा पढौ