मुख्य समाचार

यस कारण आजदेखि मनकामना केबुलकार ५० दिन बन्द

मुग्लिन (चितवन), ३१ असार । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्रिदर १… पुरा पढौ

पोखरा महानगरपालिकाको साढे ७ अर्बकाे बजेट पारित

कास्की, ३१ असार । पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१/८२ को बजेट कार्यक्रम पारित भएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित भएको हो । महानगरले आगामी आवका लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिइन्। नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो… पुरा पढौ

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली, ३१ असार । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । पुरा पढौ

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भाेलि बिहान ११ बजे हुने

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।  एमाले र कांग्रेसबीच सत्ता समिकरणका लागि गठबन्धन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेकाे हाे । नयाँ सरकारका लागि राष्ट्रपतिले दलहरुलाइ दावि पेश गर्न आव्हान गरेका थिए । राष्ट्रपतिकाे साे आह्वानपछि एमाले अध्यक्ष ओलीले १६६ सांसदको समर्थन लिएर शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा दाबी पेस गरेका थिए… पुरा पढौ

मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कलाई यस्ताे छ निजी क्षेत्रकाे सुझाव

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैङ्कलाई सुझाव दिइसकेका हुन् । मुख्यगरी, अहिले बाह्य क्षेत्र सन्तुलनमा रहेको, बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको… पुरा पढौ

नयाँ प्रधानमन्त्री नियुक्त हुने दिनमै नेप्सेमा छायो हरियाली, साढे ७ अर्बको कारोबार

काठमाडौं, ३० असार । देशमा नयाँ प्रधानमन्त्री चयन हुने दिनमै साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । कुल काराेबार रकम पनि बितेका छ महिनाकै उच्च भएकाे छ। नयाँ सरकारको नयाँ प्रधानमन्त्रीको चयन हुने दिनमै लगानीकरताहरुले मनाेबैज्ञानिक रुपमा स्वागत गरेकाे हरियाली दृश्यले सकरात्मक उर्जा थपेकाे छ । अर्को कुरा नयाँ गठबन्धनको सरकारका अर्थमन्त्रीमा विष्णु पौडेलको अनौपचारिक चर्चा हुन थालेपछि अर्थ बजारले रुचाएका पौडेल अर्थमन्त्रालय सम्हाल्न आउने अपेक्षामा पनि लगानीकर्ता रहेका छन् । यसका… पुरा पढौ

काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक बाथुम पक्राउ

काठमाडौं, ३० असार । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छवटा विद्यालय झोलामा… पुरा पढौ

ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेख्य प्रगति भएको छ : मन्त्री बस्नेत

काठमाडौं, ३० असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए । मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे। नेपालको विकास प्रक्रियालाई गति दिने… पुरा पढौ

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न १४९ सशस्त्र प्रहरी परिचालन

काठमाडौं, ३० असार । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए… पुरा पढौ