समाचार

पहिरोले पोखरा छोरेपाटनमा ३ जना घाइते

पोखराको छोरेपाटनस्थित सिमलटुँडामा पहिरोमा परी ३ जना घाइते भएका छन् । स्थानीय चन्द्रबहादुर मगरको घरमाथिबाट खसेको पहिरोमा परी उनीसहित श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्। घाइतेहरुको उपचारार्थ पोखरा बिरौटास्थित नमस्ते अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। अविरल वर्षासँगै पोखरामासेती नदीको बहाव बढ्दा रामघाटस्थित सुकुम्वासी बस्ती डुबानमा पर्ने खतरा रहेकोले गएराति माइकिङ गरी अन्यत्र सुरक्षितस्थान सारिएको छ । पुरा पढौ

लमजुङ पहिरोमा एकैघरका ३ जनाको मृत्यु

लमजुङ सदरमुकाम बेशीशहरमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । बेशीशहर नगरपालिका–७, सातबिसेमा बिहीबार राति स्थानीय दीपक तामाङको घर पहिरोले पुरिँदा परिवारका ३ जनाको मृत्यु भएको हो । लमजुङ प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ सहित उनकी श्रीमती अन्दाजी २६ वर्षीया वीमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ छन् । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

पोखराको सराङकोट र हेमजामा पहिरोमा परी ४ जनाको मृत्यु, ६ घाइते

पोखराको सराङ्कोट र हेमजामा पहिरोमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले ६ जना घाइते छन् ।पोखरा १८, सराङ्कोट गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । घाइतेको उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको सनाखत हुन बाँकी छ । टंकबहादुरको घरमा गएराति बर्थ डे पार्टी थियो ।… पुरा पढौ

ब्रेकिङ : पोखराको सराङकोट र हेमजामा पहिरो

अविरल वर्षापछि ठाउँ ठाउँमा बाढीपहिरोका समाचार आउन थालेका छन् । यसैक्रममा पोखराको सराङकोट र हेमजामा पहिरो गएको छ । पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादी र पोखरा २५, हेमजामा गएराति पहिरो गएको हो । गोठादीमा कम्तीमा ७ जना पहिरोमा परेकामा ३ जनाको मृत्यु भएको समाचार छ । बर्थ डे मनाउन गएकाहरु पहिरोको चपेटामा परेका हुन् । ४ जनाको उद्धार गरी उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनायो । मानिसको पहिचान खुल्न बाँकी छ । उता, हेमजामा पहिरोमा १ जनाको मृत्यु… पुरा पढौ

जिल्लाभित्र सार्वजनिक यातायात संचालन गर्न दिने सरकारको निर्णय

आवश्यक मापदण्ड पूरा गरी सरकारले शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । गत असार २२ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले मापदण्ड पूरा गरेर शुक्रबारबाटै लागू हुनेगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिने जानकारी गराएका हुन् । जिल्लाभित्र मात्र सञ्चालन हुन पाउने भनिएपनि काठमाडौं उपत्यकाको हकमा भने उपत्यकाभित्रका ३ जिल्लामा चल्न पाउने छन् । यसरी सञ्चालन हुने सवारी साधनले सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ । एक लहरको एक… पुरा पढौ

गण्डकी प्राप्तिपछि मेगा बैंकको एकीकृत कारोबार

मेगा बैंक नेपाल लि.ले पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंक लि. लाई प्राप्ति गरेको छ । मेगा बैंक नाममा एकीकृत कारोबार असार २१ देखि शुभारम्भ भयो । पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले एकीकृत कारोबार शुभारम्भ गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा लगानी गर्न बैंकहरूलाई आग्रह गरे ।उनले नेपालमै उत्पादित कच्चापदार्थमा आधारित उद्योगको स्थापना गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने बताए । प्रदेश सांसद विन्दुकुमार थापाले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बिग मर्जरलाई प्रोत्साहित गर्ने नीति ल्याउनेमा… पुरा पढौ

गरिमा बैंकको हायर पर्चेज कर्जाका ऋणीलाई छुट

गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बरप्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई असारको व्याज रकम नलिने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि नेपालमा जारी लकडाउन अवस्थामा बैंकले राहतस्वरुप असार महिनाको व्याज रकम पूरै छुट दिने भएको हो । बैंकमा सुरक्षण रुपमा सम्बन्धित सवारीसाधन समेत धितो राखी यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीको हरियो नम्बर प्लेटका सवारीसाधन (बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदमा प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही… पुरा पढौ

सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो, २ जनाको मृत्यु, २१ बेपत्ता

सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो गएको छ । गएराति १२ बजेदेखि परेको अविरल वर्षाका कारण भोटेकोशीसँगै आसपासका खोलामा आएको बाढीपहिरोमा बाह्रबिसेमा व्यापक क्षति पुगेको छ ।बाढीपहिरोले त्यस क्षेत्रको १५ घर र नजिकै रहेको जम्बु बस्तीको करिब १६ घरलगायत केही सवारीसाधन बगाएको छ । जसमा २ जनाको मृत्यु भएको छ भने एक चिनियाँसहित २१ जना बेपत्ता छन् । बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाका अनुसार वडा–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनका ३ वर्षीया छोरीको शव भेटिएको छ । प्रतिकूल मौसमका… पुरा पढौ

४ दिन ४ प्रदेशमा अधिक वर्षा सम्भावना, नसोचेको स्थानमा समेत भेलपहिरो जान सक्ने

अबको ४ दिनसम्म नेपालका विभिन्न ४ प्रदेशमा मनसुन सुक्रिय भएपछिको अधिक वर्षा हुने अनुमान गरिएको छ । जलाधार विज्ञका अनुसार यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २, बागमती र गण्डकीमा असार २५ देखि २८ सम्म अधिक वर्षा हुने अनुमान गरेको हो । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्नसक्छ ।… पुरा पढौ

पोखरामा मास्क नलगाई हिड्ने पक्राउ, बुधबार २१ जना प्रहरी फन्दामा

पोखरा, २४ असार । पोखरामा मास्क नलगाई घरबाहिर तथा बजारमा हिड्ने २१ जना बुधबार पक्राउ परेका छन् । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम पक्राउ गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ । वडा प्रहरी… पुरा पढौ