समाचार

दुर्घटनामा दम्पतीको मृत्यु

सप्तरी, २८ वैशाख । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै… पुरा पढौ

जनप्रतिनिधिकाे उदाहरणीय कार्य, आफू चढ्ने गाडीमा कोरोना सङ्क्रमित बोक्दै

मकवानपुर २८ वैशाख । मकवानपुरका जनप्रतिनिधिले आफु चढ्ने गाडी कोरोना सङ्क्रमितकाे उपचारमा प्रयाेग गर्न दिएर उदाहरणीय कार्य गरेका छन । जिल्लाको मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी साधनले अब कोरोना सङ्क्रमितका बिरामीलाई निःशुल्क बोक्न थालेका छन । गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा१झ ९२०४ नंको सवारी साधन अबदेखि कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क रूपमा अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग थालिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका क्षेत्रमा यातायातको असुविधालाई मध्यनजर गर्दै कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहयोग पुगोस् भन्ने… पुरा पढौ

पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

पाल्पा, २८ वैशाख । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन्। चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गरेका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गरेका हुन्। उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गरेका हुन । पाँच वर्षअघि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई वर्ष प्राध्यापन गरे । विश्वव्यापीरूपमा फैलिएको कोरोना… पुरा पढौ

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

कर्णाली, २८ वैशाख । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ, छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । निर्देशक डा खड्काका अनुसार… पुरा पढौ

कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोेलमा

जाजरकोट, २८ वैशाख । कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ । गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले… पुरा पढौ

आज आमाको मुख हेर्ने दिन, श्रद्धा भक्तिले मनाइँदै

काठमाडौं, २८ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने… पुरा पढौ

प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान

काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छन् । यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यसअघि राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४… पुरा पढौ

विश्वासको मत नपाउँदा प्रधानमन्त्रीबाट ओली पदमुक्त

काठमाडौं, २७ वैशाख । संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएका छन् । प्रतिनिधिसभाको सोमबार बैठकमा विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि ओली स्वतः पदमुक्त भएका हुन्। प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र तटस्थ १५ जना रहे । उनका लागि १३६ मत आवश्यक थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १ सय २१ सांसद छन तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् । विश्वासको मतका पक्षमा सत्तारुढ… पुरा पढौ

जनमोर्चाको ह्वीपबारे दलका नेता नै अनविज्ञ

पोखरा, २७ वैशाख । नयाँ सरकार गठनमा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई सघाउन राष्ट्रिय जनमोर्चाले जारी गरेको ह्वीपबारे दलका नेता नै अनविज्ञ छन् । पार्टी सचेतक पियारी थापाले सोमबार जारी गरेको ह्वीपबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । यसबारे सोधिएको जिज्ञासामा दलका नेता कृष्ण थापाले भने, ‘म अलि व्यस्त छु । खै के भएको हो थाहा भएन ।’ ३ सदस्य रहेको जनमोर्चाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाउन आफ्ना सदस्यलाई ह्वीप जारी गरेको हो । संसदमा मतविभाजनको अघिल्लो दिन… पुरा पढौ

सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्याको समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रम

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग विश्वासको मत मागे । “सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछु”,प्रधानमन्त्री ओलीले भने,“मलाई सर्वसम्मतरुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।” प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भने, “तीन वर्षमा… पुरा पढौ