समाचार

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

बनेपा, २७ वैशाख । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको जनाएकाे छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए । यसअघि वैशाख… पुरा पढौ

अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

जाजरकोट, २७ वैशाख । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए । ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको… पुरा पढौ

लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनद्वारा स्पष्टीकरण माग

भादगाउँ, २७ वैशाख । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्पताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए । “कारवाहीको प्रक्रिया शुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ”, उनले भने । उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने… पुरा पढौ

विश्वासको मतःनेपालको संविधानको पहिलो अभ्यास

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाेले सोही प्रयोजनका लागि वैशाख २७ गते आज प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यव्यवस्था परामर्श समितिमा सोमबार प्रधानमन्त्रीले आफूमाथि राखेको विश्वासको मतका सम्बन्धमा दलका नेताबाट संक्षिप्त छलफल र धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइने निर्णय भएको जानकारी दिए ।… पुरा पढौ

विकास विरोधी तत्वहरुको चलखेलले काम गर्ने वातावरण भएन : मुख्यमन्त्री गुरुङ (राजीनामाकाे पूर्ण पाठसहित)

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थिरता नचाहने विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातवरण नभएकोले पदबाट राजिनामा दिएको बताएका छन् । आज ७ पृष्ठ लामो राजिनामा वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ को क बमोजिम आईतबारबाटै लागू हुनेगरी प्रदेश प्रमुख समक्ष दिएको राजिनामामा संघियताको मर्म बमोजिम संविधान कार्यान्वयन गर्दैै प्रदेशको विकास र समृद्धिको लागि काम गरिरहेकोमा विकास विरोधी तत्वहरुले अराजनीतिक चलखेल गरेको बताए… पुरा पढौ

नेपाल समूहको राजिनामा रोकियो, छलफल जारी

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुको सामूहिक राजिनामा रोक्न आजलाई सफल भएका छन् । नेपाल पक्षका सांसदहरु संसद सचिवालयमा देखिन थालेपछि ओलीले उनीहरुसंग कुराकानी गर्न नेता विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए । ओली तथा नेपाल खनाल पक्षका नेताहरुबीच आ-आफ्ना पक्षिय कुराहरु भएपनि निष्कर्षमा भने पुग्न सकेन । राजिनामाको विषयमा आफुहरुले बिचार गर्ने भन्ने कुरा नेपाल खनाल पक्षको रहेको छ । तर उनीहरु ओलीले चालेको कदम… पुरा पढौ

पार्टीलाई मजबुद पार्दै अघि बढ्न एमाले अध्यक्ष ओलीको आग्रह

पोखरा, २६ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुद पार्दै अघि बढ्ने कार्यमा सरिक हुन सबैमा आग्रह गरेका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका ओलीले सोको अघिल्लो दिन आइतबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन् , ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीका स्वार्थलाई मलजल… पुरा पढौ

प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत समेत भइसकेकाे छ । प्रदेश प्रमुख सीता कुमारी पाैडेलले हालसम्मकाे कार्यका लागी धन्यबाद दिदै ३ दिन भित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएकाे गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रबक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि… पुरा पढौ

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

काठमाडौं, २६ वैशाख । विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए। परिस्थिति सहज बनेपछि अनुकूलता… पुरा पढौ