समाचार

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले के भने ? (पूर्ण पाठ)

काठमाडौं, २७ वैशाख । कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । विभिन्न अस्पतालहरुमा उपचारत रहेका र घरमा आईसोलेसनमा बसेका सबैको शीघ्र स्वास्थलाभको कामना गर्दछु । आज प्रतिनिधि सभाको यो बैठक बसिरहेको बेला देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ । नेपाली जनताले दशकौं देखि गरेको ठूलो त्याग, तपस्या र अतुलनिय बलिदान पश्चात हामीले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन… पुरा पढौ

गण्डकी प्रदेशमा थप १० संक्रमितको मृत्यु

पोखरा, २७ वैशाख । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र तनहुँका १/१ जना छन् । ज्यान गुमाउनेमा पुरुष ९ र महिला १ जनामात्र हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा ७ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई वैशाख २० मा कोरोना देखिएको थियो । पोखरा १३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै ज्यान गएको… पुरा पढौ

कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप

काठमाडाै, २७ वैशाख । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए। उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ ।… पुरा पढौ

कोभिडविरुद्धको अभियानमा सरकारकाे प्रयासमा सहयोग होस्ः प्रधानमन्त्री

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारकाे प्रयासमा साथ र सहयोग दिन आह्वान गरेका छन् । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्न सबैसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, “विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ । सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी… पुरा पढौ

किसानका समस्यामा केन्द्रित हुन आयोग पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

काठमाडौं, २७ वैशाख । राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराएकी हुन । त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराइन । आयोगका रिक्त अध्यक्ष सहित सदस्यहरुको गत वैशाख… पुरा पढौ

काठमाडौंमा १५ दिन निषेधाज्ञा थपिने

काठमाडौं, २७ वैशाख । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा समय थपिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले मेयरहरुसँग सोमबार गरेकाे छलफलपछि उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा गर्न सिफारिस गरेको हो । गत वैशाख १६ देखि जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदैछ । थप निर्णयका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने जनाइएको छ । पुरा पढौ

प्रधानमन्त्री ओलीले मागे संसदमा विश्वासको मत(लाइभ)

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । दिउँसो १ बजे बोलाइएको बैठक सुरु भई १५ मिनेटका लागि स्थगित भएकोमा अहिले प्रम ओलीले विश्वासको मत मागेका हुन् । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रूपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ । समयको प्रतिकूलता र धेरै लामो समयसम्म सभा बस्न हुन्न… पुरा पढौ

संसद बैठकमा सांसदहरु सहभागी हुँदै

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सांसदहरु सहभागी हुने क्रम जारी छ । कोरोना भाइरस महामारीबीच हुन लागेको संसद बैठकमा उपस्थित हुने सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर… पुरा पढौ

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

काठमाडौं, २७ वैशाख । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५… पुरा पढौ

नेता खनाल सङ्क्रमणमुक्त

काठमाडौं, २७ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले पिसिआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन् । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए । पुरा पढौ