समाचार

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द

म्याग्दी, १७ चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप… पुरा पढौ

सात केजी गाँजासहित एक युवक पक्राउ

उदयपुर, १७ चैत । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि… पुरा पढौ

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

सिमकोट, १७ फागुन । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि… पुरा पढौ

मौसम तत्काल सुधार हुदैन, सावधानी अपनाउनुहाेस्: जल तथा मौसम विभाग

काठमाडौं, १७ चैत । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ । हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो… पुरा पढौ

एमाले नेता नेपाल र रावल ६ महिनाका लागि निलम्बित, सच्चिने अन्तिम मौका

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन् । दुबै नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निलम्बन गरेको र दुबैलाई जानकारी गराईसकिएको बताइएको छ । पार्टीले दुबै नेतालाई स्पष्टिकरण सोधिएको थियो, तर उहाँहरुको स्पष्टिकरण चित्त बुझ्दो आएन । एक नेताले भने, पार्टीको हितविपरित उहाँहरुले काम गरेकोले उहाँहरु कारबाहीको भागिदार हुनुभयो । नेपाल र रावललाई कारबाहीको पत्र पठाईएको छ भने सच्चिनका लागि… पुरा पढौ

बागलुङको घटना अत्यन्तै निन्दनीय : कांग्रेस

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अत्यन्तै निन्दनीय भएको जनाएको छ । कांग्रेस विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत घटनामा होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकारसँग माग गरेका छन्। घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन । दुबै युवाको मृत शरीर भिरबाट… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा ४ विधामा मनोनयन सार्वजनिक

पोखरा, १६ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘पाँचौ पोखरा स्पोर्ट्स अवार्ड २०७६/७७’ मा विभिन्न ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले आगामी वैशाख २० मा पोखरा सभागृहमा विभिन्न ७ विधामा अवार्ड वितरण गर्दैछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार… पुरा पढौ

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु

काठमाडौं, १६ चैत । नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीकाे आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षानीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले शिवपुरीस्थित कलेजमा आयोजित तालिममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहलगायतबाट २७ जना शिक्षार्थीको सहभागिता रहेकाे छ । छैटौँ संस्करणको सो तालिमको उद्घाटन गर्दै बलाधिकृत… पुरा पढौ

पाँचखालमा पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रे , १६ चैत । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ । पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिए । उहाँका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन… पुरा पढौ

उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

महोत्तरी, १६ चैत  । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ । ‘बुरा नमानो होली है’ रङ, अबिर खेल्दा उमेर, यही… पुरा पढौ